पशु सेवा केन्द्र छ, औपाधी छैन

 आइतवार, कार्तिक २६, २०७४ | onlinenews

२६ कार्तिक २०७४ रामेछाप


रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा पशु सेवा केन्द्र रहे पनि आवश्यक औषधी राज्यको नयाँ संरचना कार्यान्वयन भएपछि अहिलेसम्म पुगेकै छ ।
पशु सेवा केन्द्र पुरानागाउँकी एलिना घिसिङले स्थानीय तह निर्माण भएदेखि अहिलेसम्म कुनै पनि पशुऔषधी नआएको बताइन । ७ थरिका पशुऔषधी सरकारले निःशूल्क प्रदान गर्ने भनिए पनि सेवा केन्द्रमा कुनै प्रकार पनि औषधी नआँउदा समस्या भएको उनले बताइन । पुरानागाउँमा आयोजीत एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
पशु औषधीमात्र होइन पुरानागाउँका स्वास्थ्य चौकीमा समेत औषधीको अभाव रहेको छ । पुरानागाउँ स्वास्थ्य चौकीका अहेब सञ्जयकुमार मण्डलले स्वाथ्य चौकीमा आवश्यकताअनुसार औषधी नहुँदा समस्या भएको गुनासो गरे । स्वास्थ्य चौकीमा औषधी अभाव भएको बारे सरोकारवाला निकायलाई पटक–पटक जानकारी गराउँदा समेत औषधी नआएको उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा भिमेश्वर रुद्र माध्यामिक विद्यालयका श्रोत व्यक्ति केदार ढुङ्गेलले पुरानागाउँमा रहेका विद्यालय मध्ये २ वटा आभारभूत तहको विद्यालयको अवस्था कमजोर रहेको बताए ।
कम्जोर रहेका विद्यालयहरुलाई कडा निगरानीका साथ सुधार गर्ने प्रयास भइरहेको भन्दै विद्यालय सुधार गर्नका लागि अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी पुनःनिर्माणमा पुरानागाउँ खटिएका इन्जीनियर प्रकाश चौधरीले पुरानागाउँमा १ सय ६२ घर निर्माणाधिन आवस्थामा रहेको बताए । साथै त्यहाँका भूकम्प प्रभावित मध्य १ सय ५० घरले दोस्रो किस्ता वापतका रकम बुझिसकेको र ५३ घरको तेश्रो किस्ताका लागि सिफारिस भइसकेको पनि उनले जानकारी दिए ।
अनौपचारिक सेवा केन्द्र ( इन्सेक) को आर्थिक सहयोगमा मानवअधिकार निगरानी समूह पुरानागाउँले शुक्रबार स्थानीय अधिकारी र सेवा प्रदायक संस्थाबीच अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

प्रतिकृया

Add