रामेछापको विजुलीकोटमा जुरीको अन्तरक्रिया

 आइतवार, कार्तिक २६, २०७४ | onlinenews

२६ कार्तिक २0७४ रामेछाप


रामेछापको लिखु गाउँपालिका–४ विजुलीकोटमा एक अन्तरक्रिया कार्यक्रम गरिएको छ । न्यायमा पहुँच परियोजना जुरी नेपाल रामेछापले “समुदायको पहुँच न्यायपालिकासम्म” विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवं लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले न्याय क्षेत्र स्थानीय निकायको मातहतमा रहने भए पनि न्याय सम्बन्धि ऐन कानून आइनसकेकाले अन्तरक्रिया कार्यक्रम प्रभावकारी भएको बताए ।
उनले परियोजनाको कार्यक्रम लिखु गाउँपालिका भरि विस्तार गर्न आयोजकलाई आग्रह गरे । अन्तरक्रिया कार्यक्रमको अध्यक्ष तथा लिखु पाउँपालिका उपाध्यक्ष दीपशिखा दाहलले आफ्नो संयोजकत्वमा गाउँपालिकाको न्ययिक समिति रहेको भए पनि निर्देशिका आइनसकेकाले न्यायक्षेत्रको काममा अन्यौलता भइरहेको बताइन ।
उनले न्यायसँग सम्बन्धित धेरै कुराहरु यस्ता कार्यक्रमबाट सिकिने भएकाले कार्यक्रम प्रत्येक वडामा गरिदिन पनि आग्रह गरिन । महिला र बालवालिकाहरुमा सहजै न्यायमा पहुँच पुग्न सकोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परियोजनाका कानूनी अधिकृत बिचारसिंह तमाङले बताए ।
अन्तरक्रिया कार्यक्रममा रामेछाप बार इकाइका सचिब शुदर्शन राय, इलाका प्रहरी कार्यालय धोबिका प्रमुख पर्मानन्द यादब, महिला तथा बालबालिका कार्यालकी प्रमुख सत्यदेवी अधिकारी, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता कृष्णप्रसाद पुडाशैनी, रामेछाप जिल्ला अदालतकी स्रेस्तेदार कमला पौडेल लगायतले आ–आफनो कार्यालयले महिला र बालबालिको क्षेत्रमा गरिरहेको कार्यक्रम र निःशूल्क दिंदैआएको कानूनी सेवाको बारेमा जानकारी गराएका थिए ।

 

 

प्रतिकृया

Add