रामेछापमा वामगठबन्धलाई सघाउँने बुद्धीजिविको निर्णय

 मङ्लबार, कार्तिक २८, २०७४ | onlinenews

२८ कार्तिक २०७४ रामेछाप


नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णयको नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन र नेपाल बुद्धिजीवि परिषदले स्वागत गर्दै निर्वाचनमा वामगठबन्धनलाई सघाउने निर्णय समेत गरेको छ ।
सोमबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै दुवै संगठनले रामेछापमा वामगठबन्धनलाई सघाउन एकता निर्वाचन संयुक्त संयोजन समिति समेत निर्माण गरेका छन् ।
दुवै संगठनले मातहतका ईकाइहरुलाई मंसिर १० गते हुने संघ र प्रदेशसभा निर्वाचनमा वामगठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्य सहित आ–आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिएका छन् ।
दुवै संठनले मातहतका इकाइहरुलाई आ–आफ्नो गाँउपालिका तथा नगरपालिकामा संयुक्त समिति यथासक्य छिटो निर्माण पनि निर्देशन दिएका छन् ।
नेपालमा वामपन्थीको बहुमतीय सरकार निर्माण र मुलुकलाई स्वाधिन र समृद्ध बनाउने अभिलाषासहित भएको सहकार्य, तालमेल र एकता घोषणाको कार्यान्वयनका लागि दुबै संगठनले प्रतिवद्धता जाहेर गर्दै निर्वाचनमा सघाउने निर्णय गरेका छन् ।

प्रतिकृया

Add