जनताको भरोषा वामगठबन्धनमाः शान्तिप्रसाद पौड्याल

 बुधबार, कार्तिक २९, २०७४ | onlinenews

२९ कार्तिक २०७४


प्रस्तुतः छ वामगठबन्धनको तर्पmबाट रामेछाप प्रदेशसभा ‘क’ का उम्मेदवार शान्तिप्रसाद पौड्यालसँग गरिएको कुराकानी :

 चुनावी अभियानमा हुनुहुन्छ, चुनावी अभियान कस्तो हुदैछ ?

रामेछापमा चुनावि अभियान उत्साहपूर्ण भइरहेको छ । हामीले, घरदैलो, कोणसभा, जनसभा जस्ताको कार्यक्रमहरु गरिरहेका छौं । हाम्रो चुनावि कार्यक्रमहरुमा जनताको उत्साहजनक सहभागिता रहँदै आएको छ । ग्रामिण भेगका सबै मानिसहरु वामगठबन्धनलाई सघाउनु पर्छ भन्ने मानसिकतामा हुनुहुन्छ । हामीले चुनाविसभा साथै समुदायको भेटघाटलाई पनि महत्व दिएका छौं । उहाँहरु वामगठबन्धनबाट अत्यन्तै हर्षित हुनुहुन्छ । नेपालको आर्थिक विकासको हिसावले यो गठबन्धनको जीत एउटा कोशेढुङ्गा सावित हुन्छ भन्ने आम मानिसको बुझाई समेत रहेको पाइएको छ ।

चुनावी प्रचारको क्रममा जनताहरुसँग भेटघाट गर्दा उनीहरुको वामगठबन्धन प्रतिको अभिमत कस्तो पाउनुभयो र वामगठबन्धनसँग जनताको अपेक्षा के छ ?

जनताको अपेक्षा विकास निर्माणको हिसाबले यो भन्दा अघि जे भएको छ ? त्यसबाट कोही पनि सन्तुष्ट हुनुहुन्न । आगामी दिनमा भौतिक पूर्वाधारहरु विशेषगरी सडक, खानेपानी, बिद्युत्त परिपूर्ति जरुरी छ । अर्कोतिर रोजगारको हिसाबले रोजगारमूलक कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्छ । यो मागलाई बामगठबन्धनले पूरा गर्न सक्छ भन्ने उहाँहरुमा बुझाई रहेको हामीले पाएका छौं ।

वामगठबन्धनको चुनावी एजेण्डा के छ ?

हामीले हाम्रो गठबन्धनको तर्फबाट साझा चुनावी घोषणा–पत्र तयार गरेका छौं । यो साझा घोषणा–पत्रले के भनेको छ भन्दा प्रदेश तह, स्थानीय तह र केन्द्रिय तहकोबीचमा बन्नुपर्ने कानूनहरु जनतामैत्री बनाउनका लागि हामी पहलकदमी गर्नेछौं र हामी यो अभियानमा लाग्ने छौं, पहिलो एजेण्डा हाम्रो यो रहेको छ । नीतिगत रुपमा राज्यका श्रोतहरु तल्लो तहमा पुग्ने र जनताको प्रत्यक्ष सहभागित रहने कुरा नै राज्यको सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण कडि हो भन्ने कुरा आम जनताले समेत बुझ्नु भएको अवस्था छ । किनभने हामीले बृद्धभत्ता बाड्ने र गाँउमा पैसा जानेदेखि हामीले जुन कुराहरु नीतिगत रुपमा ब्यावस्था ग¥र्यौं । त्यसैगरी स्थानीय तहको अध्यक्ष, उपाध्यक्षमा महिलाको सहभागिता र अनिवार्य रुपमा वडामा समेत महिलाको सहभागिता शुनिश्चित गर्ने कानूनहरुको निर्माण भयो । यसले तल्लो तहमा समेत सिधै पुुग्न सक्ने रहेछ भन्ने आम बुझाई भएको छ । विकास निर्माणको हिसाबले अहिले रामेछाप जिल्लाको आठवटा स्थानीय तह छन् । स्थानीय तहमा यो पाँच बर्षको अवधिमा हामी पिच सडक पु¥याउने छौं भन्ने प्रतिबद्धता जाहेर गरेका छौं । त्यसैगरी रामेछाप जिल्लामा ६४ वटा वडाहरु छन् । ६४ वटा वडाहरुबाट गाँउपालिका वा नगरपालिकाको केन्द्रसम्म बाह्रै महिना सवारी साधन चल्न सक्ने गरी सडकको स्तरोन्नति गर्छौ भन्ने हामीले प्रतिबद्धता जाहेर गरेका छौं । यसैगरी खिम्तीखोला र तामाकोशी करिडोरमा सडक निर्माण सम्पन्न भएको छ । अब हामी लिखुखोला करिडोर कोलोञ्जोर घाटदेखि गुम्देल फेदिसम्म लिखुुखोलाको बाटो आगामी पाँच बर्षभित्रमा पूरा गर्छौंं । पर्यटन सडकको हिसाबले सेलेघाट, रामेछाप, सालु, धोबि हुँदै बाम्तीभण्डारको डाँडैडाँडाको बाटोलाई पर्यटन सडकको रुपमा विकास गर्नेछौं । त्यसैगरी आगामी एक बर्षभित्रमा हामी प्रत्येक नागरिकको घरमा बिद्युत बिस्तार र बिजुली बत्ती बाल्ने योजना हामीसँग छ । यो अभियानमा अहिले सर्बे गर्ने टोली आइसकेको अवस्था छ । यसको लागि आवश्यक पर्ने बजेट समेत बिनियोजन भइसकेको अवस्था छ । हामी त्यसलाई मौखिक प्रतिबद्धता अनुरुप नै आगामी एक बर्षमा पुरा गर्ने लक्ष्य समेत लिएर अगाडि बढेका छौं । त्यो कुराले अन्धकारमा रहनुभएका नागरिकलाई उत्साहित बनाएको छ । थप कुरा भन्ने हो भने हामी कृषि, शिक्षा र स्वास्थ्यमा पहँुच विस्तार गर्न एउटा गाँउपालिकाको केन्द्रमा कम्तीमा पनि २५ शै्याको अस्पताल स्थापना गराएर सबै जनसमुदायलाई स्वास्थ्य जीवनबिमासँग जोड्ने र गरिबिको रेखामुनी रहेको समुदाय हुनुहुन्छ उहाँहरुलाई स्वास्थ्य जीवन बिमाको लागि लाग्ने कम्तीमा ५० प्रतिशत रकम नेपाल सरकारले प्रबन्ध गरिदिनु पर्ने व्यवस्थाका लागि जोड गर्नेछौं । शिक्षाको सन्दर्भमा अहिले नगरपालिका सहित आठवटा पालिकाहरु छन् । यसमा कम्तीमा एकबटा मात्रै भए पनि प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य लिएका छौं । त्यसैगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालहरुको स्तरबृद्धि गरी प्रविधिसहितको शिक्षा प्रणालीको विकास गर्ने र जनताले पहिलो प्राथमिकतामा सरकारी वा सामुदायिक विद्यालयलाई रोज्न लायक बनाउने र त्यसपछि मात्र सामुदायिक विद्यालयको बिकल्पको रुपमा निजी विद्यालय खोज्ने अवस्था बनाउने, कृषिको सन्दर्भमा हाम्रो बाँझो रहेका जमिनहरुलाई व्यवस्थापन गरेर उत्पादन बृद्धिका लागि बैज्ञानिक कृषि प्रणालीको विकास गर्ने, स्थानीय अवस्थाको विश्लेषण गरेर उचित किसिमको कृषि प्रणालीमा ध्यान दिंदै कृषिमा बढिभन्दा बढि उत्पादनका लागि जोड गर्नेछौं भनि ती एजेण्डाहरु हामीले जनतासामु लिएर गएका छौ । अहिले भइरहेको बेरोजगारीको अवस्थालाई कृषिको माध्ययमबाट कृषिसँग जोडिएका उद्योगहरुको स्थापना गरेर रोजगारीको रुपमा खाडी जाने युवाहरुको एउटा पंक्ति छ, युवाहरुको युरोपप्रतिको आकर्षण छ, र सक्षम युवा जनशक्ति बाहिरीरहेको अवस्था छ, हामी त्यसलाई रोक्ने गरी योजनाहरु अघि सार्ने छौं । र, उर्जाको क्षेत्रमा भने खिम्तीखोलाको पानीसँग सम्वन्धित् तिनवटा हाइड्रो पावरहरु खिम्ती २, मध्य खिम्ती र अपर खिम्ती आयोजनाहरु छन् । ति आयोजनाहरु आगामी पाँच वर्षभित्रमा निर्माण सम्पन्न हुनेछन् । त्यसैगरी लिखुखोलामा लिखु १, लिखु २, र लिखु ४ को अहिले काम सञ्चालनमा भइरहेका छन् । यी आयोजनाहरुलाई यथासक्य चाँडो सम्पन्न गर्ने चरणमा लैजाने छौं । र, हामी अहिलेको नीति नियमको हिसाबले आयोजनाको १० प्रतिशत शेयर आयोजना स्थलका प्रभावितहरुलाई दिनुपर्छ भन्ने छ । हामी त्यो शेयरलाई बुद्धि गरि कम्तीमा पनि ३० प्रतिशत पुु¥याउने छौं र शेयरमा पनि जनसहभागिताको सुनिश्चितता गराउने छौं । सुनकोशी जलाशययुक्त आयोजना, सुनकोशी २ जलाशययुक्त आयोजना, सुनकोशी ३ जलासययुक्त आयोजनालाई आगामी पाँच बर्षभित्र कामको सुरुवात गर्ने चरणमा लैजाने सम्मको वातावरण निर्माण गर्नेछौं भनि हामीले जनताको बीचमा प्रतिबद्धता व्यक्त गरेका छौं । यिनै योजनाहरु पूरागरी हामी रामेछाप जिल्लाको जनतालाई सम्पन्न गराउँने गरी अगाडि बढ्न सक्छौं । प्रतिव्यक्ति आय बृद्धि गर्न सक्छौं । स्थानीय श्रोतहरु बढाउन सक्छौं । यहाँको जल, जंगल, जमिन र जनशक्तिको परिचालन गरी समृद्ध रामेछाप निर्माण गर्न सक्छौं । सञ्चारमा रामेछापले फट्को मारेको भएता पनि केहि ठाउँहरुमा अहिले पनि टेलिफोन र मोवाइलहरुमा समस्या रहेको छ । हामी अब वाइफाई सहितको टेलिफोन सेवाको विकासका लागि रामेछापलाई यन्त्रसँग जोड्ने छौं, प्रविधिसँग जोड्ने छौं । त्यसैगरी पर्यटन विकासका लागि विभिन्न योजनाहरु अघि सार्ने प्रतिबद्धताका साथ रामेछापको वामगठबन्धन चुनावी मैदानमा उत्रिएको छ । वामगठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार श्यामकुमार श्रेष्ठ गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उम्मेदवार बन्नुभएको छ त्यसैगरी प्रदेशसभा ‘क’ मा म आफै र प्रदेशसभा ‘ख’ मा कैलाशप्रसाद ढङ्गेल सूर्य चुनाव चिन्ह लिएर चुनावि मैदानमा उत्रिएका छौं । हामीलाई के आशा छ भने–रामेछाप जिल्लाका जनताले हाम्रो गठबन्धनको उम्मेदवारीलाई भारी मतले विजयी गराउनु हुनेछ । रामेछापका अन्य पार्टीका उम्मेदवारको दाँजोमा हामी परिपक्को छौं । हिजोदेखि नै जनताको काम गर्दै आएका छौं । भोली पनि जनचाहाना पूरा गर्ने हाम्रो चाहाना पूरा हुनेछ र जनताहरुले पनि के अपेक्षा गर्नुभएको छ भने वामगठबन्धनले मात्र जनताको भावना बुझ्न सक्छ । हामी जनताको अभिलाषा पूरा गर्न सक्छ भन्नेमा हुनुहुन्छ । निश्चय पनि तँपाइहरु दरिलो स्थानमा हुनुहुन्छ । हामीलाई जिम्मेवारी दिनुस् हामीहरु नै तँपाइहरुको मनोभावना अनुसारका काम गर्नेछौं र समग्र रामेछापको विकास गर्नेछौं । म रामेछापका जनताहरुलाई के अपिल गर्न चाहान्छु भने हिजोदेखि हामिले निर्वाह गरेको भूमिका हेरेर, आम जनसमुदायसँगको सम्बन्ध हेरेर मतदान गर्नुहुनेछ । र गठबन्धनको तर्फबाट अघि सारिएका उम्मेदवारलाई जिताउनु हुनेछ भन्ने आशा र अपेक्षा समेत व्यक्त गर्दछु ।

यहाँले अहिले भन्नु पाँच बर्षभित्रमा प्रतिवद्धता–पत्रमा उल्लेख भएका यी–यी कामहरु पूरा गर्नेछौं । यो भन्दा अगाडि यी कामहरु किन हुन सकेनन् ? अब हुन्छ भन्ने आधार के छन् ?

महत्वपूर्ण सवाल उठाउनुुभयो यसको लागि सर्वप्रथम धन्यवाद भन्न चाहान्छु । बास्तवमा हाम्रो जिल्लामा २०५६ मा यातायातका साधन छिरेको हो । र, पनि अहिले हिँउदको समयमा ६४ बटै वडामा चारपांग्रे गाडी चढेर पुुग्न सक्छौं । यो अठार बर्षको अवधिभित्रै जनताको चारपांग्रे सवारी साधन चढ्ने सपना पूरा भयो । स्थानीय तहको निर्वाचन पश्चात् सबै अंङ्गहरु निर्वाचित भएर आइसकेको छ । बजेट बिनियोजनको हिसाबले गर्ने हो भने भने २२ देखि ३० करोड भन्दा बढि रकम गाँउपालिका र नगरपालिकामा विनियोजन भइसकेको अवस्था छ । जुन पैसा १७ प्रतिशत मात्रै हो । हामी चाहन्छौं, कम्तीमा पनि स्थानीय तहहरुमा ५० प्रतिशत भन्दा बढि रकम विनियोजन होस् । र, विकास निर्माणको सम्पूर्ण काम एकद्धार प्रणालीबाट गर्नुपर्छ । अब प्रदेशले गर्ने, केन्द्रले गर्ने र स्थानीय तहले गर्ने विकास निर्माणको आयोजनाहरु छुट्याउनु पर्छ । राष्ट्यि गौरबका आयोजनाहरु केन्द्रले हेर्नुपर्छ भने प्रदेश भित्रका ठूला आयोजनाहरु प्रदेशले हेर्ने गरी अरु सबै विकास बजेटको रकम स्थानीय तहमा विनियोजन भयो भने हामी स्थानीय स्तरमा विकासका कामलाई योजनाबद्ध ढंगले अगाडि लैजान सक्नेछौं । हामी चाहन्छौं अहिलेको गठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच बनेको छ, यो गठबन्धनले अगाडि सारेका कुराहरु कसरी पूरा हुन्छ भने– हिजो १ सय रुपैयाँबाट सुरु गरेको बृद्धभत्ता अहिले २ हजार पुगेको छ । यो गठबन्धनको स्थानीय तहको सरकार बनिसकेको छ । अब प्रदेश सरकार र केन्द्रिय सरकार बन्यो भने त्यसलाई हामी ५ हजार पु¥याउने छौं । हामीले प्रतिबद्धता पनि जाहेर गरेका छौं । प्रत्येक गाउँपालिकाको उचित स्थानमा बृद्धमैत्री वातावरण र बृद्धमैत्री पूर्वाधार सहितको कम्तीमा सय जना बृद्धबृद्धा बस्न सक्ने किसिमको बृद्धाश्रम निर्माण गरी हामी बृद्धबृद्धाहरुको संरक्षण गर्नेछौं । यसका लागि बलियो आत्माशक्ति हुनुप¥र्यो, भ्रष्टाचार नियन्त्रण गर्न सक्नुप¥र्यो । सबै मानिसहरु बिनास्वार्थ झोला बोकेर हिड्न सक्नुप¥र्यो । गाउँको स्थानीय श्रोतको प्रयोग गर्नुप¥र्यो । हामी २० वर्षदेखि रामेछाप जिल्लाको विकासमा लागिरहेका छौं । समग्र जिल्लाको विकास गर्ने योजना बनाएका छौं । ३४ वटा सडकहरुबाट जिल्ला सदरमुकामको बाटो जोड्ने योजना बनाएका छौं । ति योजनाहरु मध्य केही योजनाहरु निर्माण सम्पन्न हुन बाँकी रहेको भएता पनि अधिकांश योजनाहरु पूरा भई जिल्ला सदरमुकाम र काठमाडौंसम्म जोड्ने मार्गको रुपमा परिचित छन् । जनताको भरोसा र आशा अझै पनि के छ भने हिजोदेखि हामीले आरम्भ गरेका कामहरु लगातार र अनवरत रुपमा गरिरहेका छौं । यसमा जनताको पूर्ण विश्वास छ भन्न चाहन्छु । किनभने हामी जिल्लामा बसेर जनसमुदायको समस्या हल गर्ने कुरामा हिजो पनि थियौं । आजपनि छौं र भोलिसम्मै रहिरहनेछौं । त्यसकारणले पनि उहाँहरुले विश्वास व्यक्त गर्नुहुनेछ । सँगसँगै नेपालको संविधान २०७२ र संविधानले परिकल्पना गरेको ३ तहको सरकार रहने तिन तहकै निर्वाचन सम्पन्न भइसकेपछि तिनै तहको केन्द्रबिन्दु जनताको गरिबिमा हुनेछ । नेपालको व्याप्त गरिबिलाई न्यूनिकरण गर्नका लागि सबैभन्दा ठुलो पूर्वाधार सडक नै हो । सडकसँग समुदायको उत्पादन जोडिएर बजारसम्म पु¥याउने र हामीसँग नभएको सामाग्री बजारबाट लिने कोशिश गर्दैछौं, हाम्रो यो पनि प्रतिबद्धता भयो । हामी हिजोदेखि नै लागिरहेका थियौं । आज पनि लाग्छौं र भोलिसम्म पनि लागिरहने छौं । त्यसैले हामीलाई जनसमुदायले विश्वास गर्नुभएको छ । र, हामी पनि निर्वाचित हुने कुरामा विश्वस्त छौं ।

२०६४ पछाडि धेरै पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिसकेको अवस्था छ । ६४ देखि ७४ को १० वर्षे अवधिमा कम्युनिष्टहरुले के काम गरे । २०६४ पहिलो र पछिको कामहरुलाई कसरी तुलना गर्न सकिन्छ ?

यो बास्तवमै महत्वपूर्ण प्रश्न उठाउनुभएको छ । २०४६ भन्दा पछाडि जम्माजम्मी ६ बर्ष कम्युनिष्ट पार्टीले शासन ग¥र्यो भने बाँकी समय नेपाली काँग्रेसले शासन ग¥र्यो । अरु पार्टीको राज्य सञ्चालनको समयावधि झन् थोरै थोरै नै छ । मूख्य गरी ६÷६ महिना र ९÷९ महिनामा सरकार परिवर्तनको कुराले नै जनताको चाहना पूरा गर्न नसकिएको अवस्था हो । तसर्थ अहिलेको गठबन्धनको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने २००२ सालदेखि २०७४ साल हुँदा कुनै पनि सरकारले ५ बर्षसम्म सरकार चलाएको अवस्था छैन, नेपालमा । सरकारको ५ वर्षसम्म स्थायित्व नहुने जुन संसदीय खेल भइरहेको छ यो गठबन्धले त्यो संसदीय खेललाई पराजित गर्नेछ भन्ने अपेक्षा छ । त्यसैगरी राष्ट्रियताको सवालमा, जनजीविकाको सवालमा र अहिले भइरहको संसदीय खेलहरुबीचको असमझदारी छ र नेपालमा धेरै पार्टीहरु छन् । वाम पार्टीहरु खण्ड–खण्ड भएर आफ्नो अस्थित्व खोजिरहेका छन् । अनि सधैं अल्पमतले बहुमतमाथि शाशन गर्ने, यो किसिमको परिपाटी छ । यो परिपाटिलाई अहिलेको वामगठबन्धनले चुनौति दिएको छ । नेपालमा अहिले दुई पार्टी मात्र बन्ने बाटोतिर गइरहेको छ । यहाँहरुले देख्नुभएको छ नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र सहितको गठबन्धनले बाम शक्तिहरुलाई एक ठाँउमा ल्याउने छ । त्यसैगरी पूँजिबादी पार्टीहरु काँग्रेसको नेतृत्माव गोलबद्ध भइरहेका छन् । वाम पार्टीहरु देशलाई समाजवादी आर्थिक प्रणालीमा लैजान चाहन्छन् । पूँजीबादी पार्टीहरु बजार नियन्त्रीत अवस्थामा लैजान चाहन्छन् । पूँजीलाई व्यक्तिसँग जोडेर लैजान चाहान्छन् भने हामी पूँजीलाई समाजसँग जोडेर लैजान चाहन्छौं । यही कुरा हामीबिचमा फरक छ । नेपालको अहिलेको राजनैतिक धु्रविकरणले नेपालमा जम्मा तिनवटा मात्रै राजनीतिक पार्टीहरु रहन सक्छ भन्ने हामीले देखिरहेका छौं । हिजोका क्षेत्रीय पार्टीहरु, जातिय पार्टीहरु अहिलेको मुल धारमा समावे्श हुँदैछन् । अहिलेको चुनावी गठबन्धन पनि तँपाइले देख्नुभएको छ कि एमाले र माओवादीबीच गठबन्धन गरिरहेको छ भने नेपाली काँग्रेस अरु पार्टीबिच गठबन्धन गरेर अगाडि बढिरहेको छ । अब यो मंसिर १० र मंसिर २१ को निर्वाचन पछि नेपालमा बढिमा ३ वटा मात्रै राष्ट्रिय पार्टी रहने हामीले देखिरहेका छौं । र, यो कालान्तरमा २ वटा पार्टीमा रुपान्तरण हुने कुरा हो । विकशित देशमा पनि हेर्न सक्छौं, कि पार्टी सत्तामा कि पार्टी प्रतिपक्षमा हुनेछ । अहिलेको गठबन्धनले नेपाली जनताको पक्षमा स्वागत गरिरहेको अवस्था छ । यसले दुई तिहाई भन्दा बढि प्राप्त गर्नेछ । संविधानमा भएका केही विषयहरुलाई हेरफेर गर्नुपर्ने विषयहरुलाई जनताको अपेक्षा अनुरुप हेरफेर पनि गर्नेछ । अब नेपालको रानीतिलाई संविधानले परिकल्पना गरे अनुसारको दिशामा अघि बढाउनु पर्छ । र, देशलाई समृद्धितिर लैजाने कुरामा दुईमत नै छैन । त्यसकारणले पनि नेपाली जनताले एकपटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई चुनावी अभियानमा जिताउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु । यहाँको सञ्चार माध्ययम मार्फत् आम रामेछापबासी र देशबासीलाई अपिल गर्न चाहन्छु । हामी नेपाली जनताको समृद्धि र नेपालको समृद्धिका लागि लाग्नेछौं । कुनै पनि व्यक्ति स्वार्थ र लाभ लिने कुरा हामी गठबन्धनको तर्फबाट नियन्त्रणमा राखेर अगाडि बढ्नेछौं । सामाजिक अर्थव्यवस्था अनुसार लोकतान्त्रिक पद्धति अनुसार लोकतन्त्रलाई सुदृढ गर्दै जानेछौं । यसैको माध्ययमबाट समाजवादको पाटोतर्फ अगाडि बढ्नेछौं । यसोहुँदा नेपाली जनताले हामीसँग भरोसा गर्नुभएको छ भन्ने कुरामा हामी विश्वस्त छौं । यही कुरा तँपाइहरुको मिडिया मार्फत् जानकारी समेत गराउन चाहन्छु । र, रामेछापमा वामगठबन्धनलाई जिताउनु हुन पनि हार्दिक अपिल गर्न चाहन्छु ।

जिल्लाको सन्दर्भमा कुरा गर्दा विकास गर्नुपर्ने कुराहरु धेरै छन् । यदि रामेछापको बामगठबन्धनले आगामी निर्वाचनमा जितेमा विकास निर्माणलाई कसरी प्राथमिकिकरण गर्नु हुन्छ ?

विकास निर्माणको पाटोलाई प्राथमिकता दिँदा हामीले सडकको मुद्दालाई नै उठाउने छौं । त्यसपछि हाम्रो जिल्लाको दक्षिणी भेक विषेशगरी धोबि भन्दा तलको भु–भाग र लिखु र तामाकोशीबीचको दक्षिणी भू–भाग र तामाकोशी र सुनकोशी बीचको दक्षिणी भेगमा पानीको सारै समस्या छ । हामीसँग योजनाको लागि रकम भएता पनि पानीको उचित किसिमको श्रोतहरु छैनन् । विषेशगरी लिफ्ट पद्धतिको पानीको व्यवस्था गर्नेगरी जिल्लाको दुवै क्षेत्रमा योजना अघि सार्नेछौं । पहिलो प्राथमिकता हामी सडकका लागि जोड गर्नेछौं र हाम्रो दोस्रो प्राथमिकतामा खानेपानी नै पर्नेछ । त्यसपछि तेस्रो प्राथमिकता शिक्षा र स्वास्थ्यका लागि नै हुनेछ । साथै कृषिमा आधुनिकतासँगै वैज्ञानिक पद्दतिको विकास गर्न हामी जोड गर्नेछौं । जहाँ अहिले पनि बिद्युतिकरण गर्न सकिएको छैन त्यो क्षेत्रका लागि विषेशगरी लिखु खोला र खिम्ती खोला साथै दुई ठूला कोशीहरु तामाकोशी र सुनकोशीमा हाइड्रोपावर निर्माण गर्नेछौं । जलविद्युत निर्माणको लागि जिल्लाका नागरिकहरुलाई शेयर उपलब्ध गराउने व्यवस्था मिलाउने छौं । जनतासँग भएको सिप र साधनको उचित प्रयोगका लागि हामी नागरिकहरुलाई प्रोत्साहित गर्नेछौं । हामी योजना अघि सारेर कार्यान्वययनको दिशामा केन्द्रित हुनेछौं । यो कुरामा हामी सफल हुनेछौं । यो कुरा हिजो पनि हामीले अघि सारेका हौं, भोलीका दिनमा पनि लागिरहनेछौं । कुनै पनि सडक निर्माणका लागि हामीले साविकका चार, पाँचवटा, छवटा गाविसहरुलाई जोडेर निर्माण गर्ने गरी योजना अघि सारेका छौं । बाम्ती जाने सडकको कुरा गर्ने हो भने बाम्ती, कुभुकास्थली, भुजी, प्रिती मिलेर त्यो एउटा बाटो बन्यो । अरु ठाँउहरुका बाटो पनि त्यसैगरी योजनाबद्ध तरिकाले नै बनेको हो । यसरी हामी जनसमुदायलाई जोडेर सबैलाई लाभ हुने गरी जनतासँग प्रत्यक्ष रुपमा बसेर योजनाहरु बनाउँछौं । बनाइएका योजनाहरु हामी जसरी पनि सफल बनाउँछौं ।

हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं । प्रदेशसभाको उम्मेदवारको हैसियतले मतदाताहरुलाई भन्नै पर्ने कुराहरु केही छ ?

म रामेछापबासी सबै आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुलाई उम्मेदवार भएको हिसाबले के आग्रह गर्न चाहन्छु भने हामी गठबन्धनको तर्फबाट जो उम्मेदवारहरु बनेका छौं, प्रतिनिधिसभाको लागि श्यामकुमार श्रेष्ठलाई गोलाकार भित्रको हँसिया हथौंडा चुनाव चिन्हमा मतदान गर्नुपर्नेछ । त्यसैगरी प्रदेशसभा ‘क’ मा म आफैं शान्तिप्रसाद पौड्याल र प्रदेशसभा ‘ख’ को लागि कैलाशप्रसाद ढुङ्गेललाई सूर्य चुनाव चिन्हमा मतदान गर्नुपर्नेछ । जनसमुदायले मतदान गर्दा प्रतिनिधिसभाको लागि एउटा मतपत्र प्राप्तमा गर्नुहुनेछ । प्रदेशसभाको लागि अर्को मतपत्र आउनेछ । त्यसैगरी समानुपातिकको लागि अर्को मतपत्र आउनेछ । पतपत्रका आधारमा यहाँहरुले चार ठाउँमा मतदान गर्नुपर्नेछ । हामी राजनैतिक प्राणीको हिसाबले के भन्न चाहन्छौ भने देशको राजनीतिलाई कुशल तरिकाले हाँक्नको लागि जो राजनेता छ उसैले हाँक्ने हो । कमजोर मान्छेले टिकट लिएर आयो भन्दैमा भोट दिने कुरा हुँदैन । उम्मेदवार बीचमा पनि मुल्याङ्कन गरेर काम गर्न सक्ने र सक्षम उम्मेदवारलाई मात्र मतदान गर्नुहोला । हामी अपेक्षा गर्छौं, वामगठबन्धनको तर्फबाट अगाडि सारिएका उम्मेदवारहरु मात्रै सबै कुराले योग्य छौं र यहाँहरुको मतदानले बहुमतका साथ जितिसकेपछि पनि हामीले मात्र यहाँहरुको समस्या र चाहनाहरुलाई सम्बोधन गर्न सक्नेछौं । त्यो सक्षमतालाई जनताले आफ्नो मतले रोज्न पाउनुहुनेछ । हिजोदेखि आजसम्म अनवरत काम गर्दै आइरहेको छ या छैन, उहाँहरुको आचरण र क्षमता कस्तो किसिमको छ ? रामेछापको समग्र विकासका लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न ? म एमाले पार्टीको हैसियतले पनि भन्न चाहन्छु १०, १५, २० वर्षदेखि सबै खालका विकासमा सबै खालका जनताहरुलाई समान किसिमको व्यवहार गरेर जो मान्छे सत्तामा हुन्छ । सत्तामा नपुगुन्जेल पार्टीको हुन्छ र सत्तामा पुगेपछि साझा मान्छे हुन्छ । त्यो साझा मान्छेको रुपमा भोलीका दिनमा पनि वामगठबन्धनको तर्फबाट अगाडि सारिएका उम्मेदवारहरुले व्यवहार गर्नुहुनेछ । जितिसकेपछि पनि यो फलानो पार्टीको मान्छे, यो तिलानो पार्टीको मान्छे, यस्तो काम हामी कदापी गर्नेछैनौं भनि जनतालाई भन्न चाहन्छौं । गठबन्धनको तर्फबाट जिते पनि आम जनताहरुसँग समान ढंगको व्यवहार गरेर समग्र रामेछापको विकासमा लाग्ने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । गठबन्धनको तर्फबाट कुनै पनि दिन कुनै पनि व्यक्तिलाई विचार र सिद्धान्तको हिसाबले भेदभाव गर्नेछैनौं भनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । लोकतान्त्रिक पद्धति र सही ढंङ्गले राज्यलाई अगाडि बढाउने कुरा, रामेछापलाई समृद्ध बनाउने कुरा यहाँको विकास निर्माण, पारदर्शीताका, भ्रष्टाचारलाई न्यूनिकरण गर्ने र जनसमुदायको बीचमा बसेर निरन्तर काम गर्ने कुरामा सधै हामी जनताको पक्षमा रहेका छौं । म यिनै कुरा उहाँहरुको माझमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । अन्तिममा रामेछापका आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुलाई वामगठबन्धनको तर्फबाट अगाडि सारिएका तिनजना उम्मेदवाहरुलाई अत्याधिक बहुमतले विजयी गराइदिनुहुन हार्दिक अपिल गर्न चाहन्छु । यसो हुन सक्यो भने मात्रै उहाँहरुको भविष्य पनि राम्रो हुनेछ र उहाँहरुको सन्ततीहरुको पनि भविष्य राम्रो हुनेछ । समुदायको विकास निर्माण पनि अगाडि बढ्नेछ । यो कुरामा हामी प्रतिबद्धता जाहेर गर्न चाहन्छु । र, गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु हुनेछ भन्ने अपेक्षा समेत गर्न चाहन्छु ।

 

प्रतिकृया

Add