नक्कली बमले गाल्वामा बिहानभरी तनाव

 शुक्रबार, मंसिर १, २०७४ | onlinenews

१ मंसिर २०७४ रामेछाप


वामगठबन्धनको चुनावी सभालाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गत गाल्वा बजार नजिकै राखिएको नक्कली बमले त्यसक्षेत्रको जनजीवन शुक्रबार बिहानभरी तनावपूर्ण रह्यो । बजार छेउमा रातो कपडाले बेरेर राखिएको बस्तु र त्यस आसपासमा विप्लव समूहको नामको केही पर्चाहरु छरपस्ट अवस्थामा भेटिएको थियो । पैदल हिँड्दै गरेका बटुवाले रातो कपडा

ले बेरेर राखेको बस्तु बम हो भनेर लेखेर राखेको देखेपछि प्रहरी चौकी गाल्वालाई खबर गरेका थिए । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट समेत प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।
सेना र प्रहरीको सयुक्त टोलीले उक्त शंकास्पद बस्तु बम

हो वा होइन एकिन गर्दा ढुङ्गालाई मैदाले पुरेर त्यसमाथि रातो कपडा बेरेर छाडेको र त्यसको वरपर विप्लव समूहको पर्चाहरु भेटिएको छ । प्रहरीले पर्चा आफ्नो नियन्त्रणमा लिएको छ भने पर्चा छर्ने विप्लव समूहका कार्यकर्ताहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।
विप्लव समूहका कार्यकर्ताहरुले शुक्रबार खाडादेवीको गाल्वा बजारमा हुने वामगठबन्धनको चुनावी सभालाई विथोल्न बमजस्तो देखिने शंकास्पद बस्तु र केही पर्चाहरु छरेको हुनसक्ने अनुमान प्रहरीको छ । बिहानभारी तनावपूर्व बनेको त्यस क्षेत्रमा बम भनिएको बस्तु निस्तेज पारेपछि वाम गठबन्धनको सयुक्त चुनावी सभा सञ्चालन गरिएको थियो ।

प्रतिकृया

Add