रामेछापमा बढ्दो घरेलु हिंसा

 शनिबार, मंसिर २, २०७४ | onlinenews

२ मंसिर २०७४ रामेछाप


रामेछाप जिल्लामा घरेलु हिंसा बढ्दै गएको छ । महिला तथा बालबालिकाको कार्यालय रामेछापकी कार्यालय प्रमुख सत्यदेवि अधिकारीले विगतमा भन्दा अहिले हिंसाका घटना बढेको बताइन । हिंसापीडित महिलाले न्याय पाउँन नसकेको पनि उनले बताइन ।
मानब अधिकार सञ्चार प्रतिष्ठान र जुरी नेपालद्धारा सञ्चालीत न्यायमा पहुँच परियोजना रामेछापले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकारीले यस्तो बताएकी हुन् ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले गत तीन आर्थिक वर्षमा ८७ वटा घरेलुहिंसा सम्बन्धि उजुरी परेको बताए ।
जिल्ला प्रहरी कार्यालयमा आएको उजुरी मध्य अधिकांश उजुरीको फच्र्यौट भइसकेको पनि उनले बताए । नागदह बाल क्लब सञ्जालले गाउँमा हुन लागेको बाल विवाह रोकेको बाल क्लब सञ्जाल नागदहकी संयोजक निता थापामगरले बताएकी थिइन ।
जिल्ला कानुनी सहायता समितिका राजेश बुढाथोकीले कानुनी सहायता समितिमा हुनेखानेहरु नै निःशूल्क कानुनी सहायतता लिन आउने गरेकाले महिला र बालबालिको न्यायमा पहुँच अझै पुग्न नसकेको बताए ।
कानूनी सहायता समितिले बिपन्नलाई मात्र निःशूल्क कानूनी सहयोग गर्ने पनि उनले बताए । कार्यक्रमका अध्यक्ष पण्डब प्रसाइले शूल्क तिरेर दिएको कानुनी सेवाग्राही भन्दा निःशूल्क कानुनी सेवा दिएका सेवाग्राहीले बढि हैरानी दिने गरेको बताए ।
आफनो हक अधिकारका लागि महिला र बालबालिका पनि सजग हुनुपर्ने र आफनो कर्तब्यप्रति इमान्दार हुनुपर्ने पनि प्रसाईले बताए । अन्तरक्रिया कार्याक्रममा न्यायमा पहुँच परियोजनाका कानून अधिकृत बिचारसिंह तमाङले न्यायमा पहुँच परियोजना मार्फत जिल्लाको नागदह र बिजुलीकोटमा सञ्चालन गरेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कृष्णप्रसाद पुडाशैनी, महिला तथा बालबालिका कार्यालयकी प्रमुख सत्यदेबि अधिकारी, प्रहरी निरीक्षक राजकुमार थापा, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत गोबिन्द कट्टेल लगायतले आ–आफना कार्यालयबाट महिला र बालवालिकाको न्यायका लागि गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया

Add