वामगठबन्धलाई प्रवेश निषेध भनिएको गाल्वामा वामगठबन्धको पक्षमा उर्लियो जनसागर

 शनिबार, मंसिर २, २०७४ | onlinenews

२ मंसिर २०७४ रामेछाप


नेपाली काग्रेसले वामगठबन्धनलाई प्रवेश निषेध गरेको भनिएको रामेछापको प्रेदशसभा ‘ख’ मा पर्ने गाल्वा बजारमा शुक्रबार वामगठबन्धनले भब्य जनसभा गरेको छ ।
प्रदेशसभा ‘ख’को गाल्वाबाट वामगठबन्धलाई प्रवेश निषेध गर्ने भनि काँग्रेस निकट सञ्चार माध्ययमहरुमा ब्यापक प्रचार गरिएको थियो । गाल्वा हुँदै दिमीपोखरी, बेथान र लखनपुरमा वामगठबन्धलाई निषेध गरिएको भन्ने समाचारले काँग्रेस निकटका सञ्चार माध्यममा ब्यापकता पाएको थियो ।
वामगठबन्धलाई प्रवेश निषेध भनिएको गाल्वा बजारमा शुक्रबार वामगठबन्धले चुनावि अभियान अन्तर्गत क्षेत्र स्तरको जनसभा गरेको हो । वामगठबन्धनको जनसभामा स्थानीयको भब्य सहभागिता देखिएको छ ।
चुनाविसभालाई संवोधन गर्दै वामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ले विकास निर्माण र पैसाको झुठो आवश्वासनमा पछि नलाग्न जनतालाई अनुरोध गरे ।
पैसाले चुनाव नजितिने बताउँदै यदि कसैले पैसाको भरमा चुनाव चित्ने सपना देखेको छ भने त्यो दिवासपना मात्र हुने बताए । नेपाली काँग्रेसका उम्मेदवारहरुले रामेछापमा आपूmहरुले धेरै विकास गरेको भनि झुठको खेती गरेर जनतामा भ्रम सिर्जना गर्ने चेष्टा गरेको राज्यमन्त्री समेत रहेका श्रेष्ठले बताए ।
श्रेष्ठले प्रश्न गर्दै भने, यसभन्दा अघिका निर्वाचनहरुमा जनप्रतिनिधि हुने हामी अनि तिमीले कसरी ग¥यौं विकास ? सांसद र मन्त्री हामी हुने, जिल्लामा करोडौंको बजेट हामीले ल्याउने अनि तिमीले कसरी ग¥यौ विकास ? सडक निर्माण गर्ने हामी, रामेछाप जिल्लामा उज्यालो रामेछापको कार्यक्रम अन्तर्गत जिल्ला विद्युतीकरणको लागि करोडौं बजेट ल्याउने हामी अनि विकास चाही तिमीले गरेको हुनी ? २÷४ वटा एम्बुलेन्स दिंदैमा सबै विकास हुन्छ ? अनि अहिले दुई वटा क्षेत्रमा एउटा÷एउटा डोजर दिनेर, सडक निर्माण गर्ने हामी अनि सडक निर्माण भइसकेपछि डोजर दिने तिमी ? तिमीले दिने दुई वटा जोडर हैन हामीले यहाँ दर्जनौँ डोजरहरु चलाएर बाटो निर्माण गरिरहेका छौं ।
झुठो आवश्वासन दिएर जनतालाई भ्रममा पार्न सकिन्छ र पैसाले चुनाव जित्न सकिन्छ भन्ने सपना तिमीले नदेखे हुन्छ मन्त्री श्रेष्ठले भने । उनले थपे– एक्काइसौैं शताब्दीको जनता हो । तिम्रो पैसामा विक्नेवाला छैनन् र रामेछापेली जनता तिम्रो दुई चार हजारमा आफ्नो अधिकार बेच्न चाँहदैनन तिमीले यो कुरा राम्रोसँग बुझेहुन्छ । रामेछापमा वामगठबन्धनको जित सुनिश्चित भइसकेको पनि श्रेष्ठले बताए । रामेछापमा वागठबन्धनको प्रतिस्पर्धी नै नभएको पनि बताए । काँग्रेसको प्रतिस्पर्धा वामगठबन्धनसँग नभई विगतको निर्वाचनहरुमा पाएको मत रक्षाका लागि भएको बताए ।
त्यस्तै रामेछापको प्रदेशसभा ‘ख’ का वामगठबन्धनका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले पैसाको बलमा निर्वाचन जित्ने सपना नदेख्न विपक्षी दललाई आग्रह गरे ।
अन्य पार्टीको उम्मेदवार भन्दा वामगठबन्धनका उम्मेदवारहरु सक्षम, विकासप्रेमी र जीवनभर राजनीतिकलाई नै पेशा बनाएर लागेका ब्यक्ति भएकाले रामेछापको समृद्धिको लागि वामगठबन्धनले जित्नुपर्ने बताए ।
ठेकेदारले निर्वाचनमा नभई ठेक्कापट्टामा प्रतिस्पर्धा गर्नुपर्ने ढुङ्गेलले बताए । भोट राजनीतिकलाई नै पेशा बनाएर लागिरहेको नेताहरुलाई दिनुपर्छ, त्यस्तो योग्य र सक्षम उम्मेदवार वामगठबन्धनमा छ त्यसैले वामगठबन्धलाई भोट दिएर जिताउन आवश्यक छ, ढुङ्गेलले भने । उनले भने– ठेकेदारलाई त ठेक्का टेण्डरपो दिने हो भोट त नेतालाई दिने हो ।
गाल्वा बजारमा आयोजीत चुनाविसभामा दुई हजार भन्दा बढी स्थानीय मतदाताहरुको सहभागिता रहेको थियो । काँग्रेसका कार्यकर्ताहरुले वामगठबन्धनको कार्यक्रम विथोल्ने प्रयास गरे पनि उनीहरु असफल भएको वामगठबन्धनको दावि छ ।
वामगठबन्धनका एक नेताले भने कार्यक्रम विथोल्ने नियतले काँग्रेस कार्यकर्ताहरुले कार्यक्रम स्थललाई दुईतिरबाट घेरा हाल्ने कोसिस गरेका थिए तर वामगठबन्धनको पक्षमा जनसागर देखेपछि उनीहरु हटेका थिए । बाम गठबन्धनका नेताहरुले रामेछापको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर जित्ने समेत दावि गरेका छन् ।
हालै सम्पन्न स्थानीय तहको मत परिणाम अनुसार नेपाली काँग्रेस भन्दा बाम गठबन्धन रामेछापमा २९ हजार मतले अगाडि छ । सोही मतलाई आधार मान्दै बाम गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनमा स्थानीय तहको भन्दा बढी मत ल्याउने दावी गर्दै आएका छन् ।

प्रतिकृया

Add