वामगठबन्धनबाट काँग्रेस डराउनु पर्दैन : कोइराला

 शनिबार, मंसिर २, २०७४ | onlinenews

२ मंसिर २०७४ रामेछाप


नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वामगठबन्धनबाट नेपाली काँग्रस र काँग्रेसका कार्यकर्ता डराउनु नपर्ने बताएका छन् ।
वामपन्थी गठबन्धनलाई स्यालको कथाको संज्ञा दिंदै महामन्त्री कोइलाले वामगठबन्धनले काँग्रेसलाई केही फरम नपार्ने बताए ।
कोइरालाले भने–कम्युनिष्टहरु आजमात्र एक भएका होइन, हिजो पनि एक भएकै थिए, कम्युनिष्ट एक भएर काँग्रेलाई केही फरक पर्दैन । काँग्रेस हिजो जे थियो भोलीको दिनमा पनि त्यहि रुपमानै मुलुकको प्रमुख दलको रुपमा रहिरहने पनि कोइरालाले बताए ।
कोइरालाले मुलुकको विकास, शान्ति र सम्बृद्धिका लागि जनताले नेपाली काँग्रेसलाई नै राज्नु पर्ने बताए । रामेछापको दोरम्बा गाउँपालिकाको लखनपुरमा आयोजीत जनसभालाई संवोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
काँग्रेसको नेतृत्वमा सरकार बने मात्र मुलुक सम्मृद्ध बन्ने कोइरालाको भनाई थियो । कार्यक्रममा उद्योगपति एवं कांग्रेसका समानुपाति उम्मेदवार विनोद चौधरीले नेपालको अर्थतन्त्र सुधार गर्न र विदेशी लगानीलाई आकर्षिक गर्नका लागि काँग्रेसको विकल्प नभएको दावि गरे ।
मुलुकको अर्थतन्त्र सहि दिशामा लैजाने हो भने हामीले काँग्रेसलाई नै रोज्नुपर्छ चौधरीले भने । कांग्रेसको घोषणा–पत्रमा समेत मुलुकलाई आर्थिक समृद्धि बनाउने र रोजगारीको अवसर सृजना गर्ने कुरा रहेको उल्लेख गर्दै त्यसका लागि पनि काँग्रेसकै नेतृत्वमा सरकार वन्नुपर्ने चौधरीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘ख’ का उम्मेदवार जितबहादुर मगरले कम्युनिष्टहरुको किल्ला भत्काउदै हजारौं युवाहरु कांग्रेसको मोर्चामा सामेल भएको भन्दै निर्वाचनमा आपूmले जित्ने दावि गरे ।
शान्ति र विकासका लागि कांग्रेस पार्टी बाहेक मतदातासँग अर्को विकल्प नभएको मगरको भनाई थियो । सोही कार्यक्रमकाबीच एमाले र माओवादी परित्याग गरी कांग्रेसमा प्रदेश गरेका युवाहरुलाई महामन्त्री कोइरालाले स्वागत गरेका थिए । सो जनसभालाई रामचन्द्र खड्का लगायतका नेताहरुले पनि संवोधन गरेका थिए ।

प्रतिकृया

Add