पाँच वर्षमा रामेछापमालाई सक्षम र समृद्ध रामेछाप बनाउँछौं : ढुङ्गेल

 आइतवार, मंसिर ३, २०७४ | onlinenews

रामेछाप जिल्लाको प्रदेश नं २ बामगठबन्धनका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलसँग हाम्रो अनलाइनले गरेको कुराकानी

 कैलाश सर यहाँहरु अहिले पनि चुनावी अभियानमा हुनुहुन्छ, चुनावी अभियान कसरी चलिरहेको छ ? कस्तो भईरहेको छ चुनावी अभियान ?

चुनावि अभियान, हामीले कार्तिक १२ गते मन्थली ८ चिसापानीबाट सुरु ग¥यौं । कार्यक्रम सञ्चालनको दौरानमा पुरानागाँउ, चनखु, गेलु, फुलासी, डडुवा, टोकरपुर, गौश्वारा हुँदै जिल्लाका केही ठाउँ बाहेक सबै ठाँउहरुमा कार्यक्रम सम्पन्न भइसकेको छ ।

 बामगठबन्धनको पक्षमा जनताको अभिमत कस्तो छ ? समग्रमा जनताको साथ कस्तो किसिमको पाउनु भएको छ ?

वामपन्थलीको पक्षमा जनताको व्यापक लहर छ । व्यापक खुशीयाली छाएको छ । हामीले हाम्रा बिचार, भोलीको कार्यक्रम र समग्र वामगठबन्धनको एजेण्डालाई जनतासँग प्रस्तुत गर्ने मौका पाएका छौं । जनताको उत्साह ज्यादा छ । हामी वामघटक एक्लाएक्लै हुँदा त हामी बलियो अवस्थामा रहेका थियो भने अहिले त हामी दुई शक्तिशाली पार्टी एकै भएर आएका छौं । भर्खरै सम्पन्न भएको स्थानीय निकायको निर्वाचन पछिको तातोतातो माहौलमा नै अहिले जनताको उत्साह यति राम्रो छ कि ? वामगठबन्धनको बहुमतको सरकार हुनेछ । स्थानीय तहमा वामगठबन्धनकै सरकार भइसकेको छ । त्यसैगरी प्रदेशमा पनि बामगठबन्धनको सरकार हुनेछ । र, प्रतिनिधि सभामा पनि दुईतिहाइको बहुमतले वामगठबन्धनले निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नेछ भन्ने हर्षोल्लासपूर्ण वातावरणमा कार्यक्रमहरु भइरहेका छन् । यत्तिको राम्रो निर्वाचनको माहौल त मैले इतिहासमा पनि देखेको थिइन । हाम्रो अभियानमा एक हिसाबले भन्ने हो भने बाढि नै आएको छ ।

 चुनावी अभियानमा जाँदा यहाँहरुले के एजेण्डा लिएर जानुभएको छ ? यहाँहरुको उजेण्डा के होे ?

हाम्रा एजेण्डा सार्वजनिक भएकै पनि छन् । हाम्रा भावी एजेण्डा भनेको स्वास्थ्यको क्षेत्रमा हरेक गाँउपालिकाको केन्द्रमा सुविधा सम्पन्न कम्तीमा एउटा अस्पतालको व्यवस्था गर्नेछौं । त्यसैगरी हरेक पालिकामा प्राविधिक शिक्षालयको व्यवस्थापन गर्नेछौं । हरेक पालिकाबाट सदरमुकामसम्म जोड्ने सडक कालोपत्रे गर्ने योजना समेत अघि सारेका छौं । हरेक गाँउपालिकाको वडा स्तरमा रहेका सडकहरुलाई कम्तीमा पनि ग्राभेल गर्ने योजना रहेको छ । आफ्नो गाँउमा उपलब्ध श्रोत साधनहरुलाई अत्याधिक प्रयोग गरी, माटोको परीक्षण गरी जंगलको अध्ययन गरी पानीको क्षमता अध्ययन गरी आफ्नै क्षेत्रको श्रोत साधनलाई मानवीय कल्याणको लागि प्रयोग गर्दै समृद्ध रामेछाप र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो अभिलाषा हो र त्यो महान् अभिलाषाले समृद्ध नेपाल निर्माण हुन्छ र समाजवादको राजमार्ग निर्माण हुन्छ भन्ने प्रतिबद्धता हामीले जनतामाझ जाहेर गरेका छौं ।

यहाँ जिल्लामा नै बसेर राजनीति गरेको नेता भएको हिसाबले रामेछाप जिल्लामा विषेशगरी यहाँको निर्वाचन क्षेत्रको समस्याको बारेमा त यहाँलाई थहाँ छदैछ । तैपनि यहाँहरु जनताहरुको घरदैलोमा पुग्दा अहिले सबैभन्दा जल्दोबल्दो समस्या के देख्नुभयो ?

यहाँको समस्या भनेको विषेशगरी व्यवसायिक खेती र व्यवसायिक अध्ययन नभएको यहाँको अवस्था हो । हाम्रो रामेछापमा यति तागत छ, यति उर्वर छ, यति तागतिलो छ, जसलाई हामीले चिन्न सकेका छैनौं । यहाँका नागरिकहरु देश भित्रको विकसित शहरहरुमा जाने, त्यहाँबाट पनि जिविका चल्न नसकेपछि बैदेशिक रोजगारीमा जाने एक किसिमको दुःखद् परिस्थिति छ । यो अवस्थालाई निर्वाचितपछि उत्पादनसँग जाडेर हामीसँग भएको जल, जमिन, जंगल र जनशक्तिलाई बढि भन्दा बढि उपयोग गरेर स्थानीय स्तरमा नै रोजगारी श्रृजना गर्ने हाम्रो लक्ष्य हो । अहिले तत्कालै केहि दिएर हामीलाई गुलियो मुख पार्नुपर्छ भन्ने जनताको पनि इच्छा छैन । मात्रै दिगो विकास, शान्ति र समृद्ध रामेछाप भए हामीलाई पुग्छ भन्ने रामेछापका जनताको पनि इच्छा हो । यसैको लागि अहिलेसम्मको हाम्रो राजनीतिक जीवन नै समर्पण गरेका छौं । अब सरकारको श्रोत पनि यहि राख्छौं, त्यसैगरी जमिन र जंगलमा भएको श्रोतलाई पनि स्थानीय स्तरमा नै राखेर चाँडो भन्दा चाँडो अबको दश वर्षभित्रमा रामेछाप समृद्ध हुने कुरामा शतप्रतिशत विश्वास गर्न सकिन्छ । अबको पाँच वर्षभित्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने हामीले प्रतिबद्धता जाहेर गरेका छौं । अहिले जनताको ईच्छा पनि त्यस्तै किसिमको रहेको छ । समस्या गरीबिको छ, भोकमरी छ, पूर्वाधारको विकास भएको छैन । अझै पनि जनता व्यवसायिकरणतर्फ अघि बढिसकेको अवस्था छैन । व्यवसायिकरण नगरिकन जनताको आयश्रोत बृद्धि हुनै सक्दैन भन्ने जनताले सुझाव दिनुभएको छ । जनताको सल्लाह सुझावको पोको पन्तरो बोकेर हामी सरकारी अंगमा जाने छौं । जनताको चाहना अनुसारको नियम कानुन निर्माण गरी जनचाहानालाई पुरा गर्नेछौं ।

यहाँहरु निर्वाचित भएर जानुभएको खण्डमा रामेछाप जिल्लाको विकासलाई कसरी प्राथमिकीकरण गर्नुहुन्छ ?

हाम्रो पहिलो काम भनेको प्रदेशमा जनताको तहसम्म आउने गरी नियम कानुनहरु नै निर्माण गर्नुपर्नेछ । साथै जनस्तरमा पहिलो प्राथमिकता भनेको स्वरोजगारीको अवस्था श्रृजना गर्ने हो । यहिभित्र स्वरोजगारको अवस्था श्रृजना गर्न पूर्वाधारको विकास गर्नेछौं । सडक, बिद्युत, शिक्षा, स्वास्थ्य, वातावरण र पर्यटन यी हाम्रा आधारभूत एजेण्डाहरु हुन् । रामेछापमा यो चिज छ भनेर नेपालभित्र र अन्र्तराष्ट्रिय स्तरमा नै देखाउन चहान्छौं । हाम्रो अगाडि शैंलुङ्ग उभिएको छ, हाम्रो काखमा नदिहरु बगेका छन् । हाम्रो गहनाहरुको रुपमा तामाकोशी छ, खिम्ती खोला छ । हामीसँग तामेडाँडा छ, नुम्बुरचुली हिमश्रृखलाहरु छन् । तिमाल छ, चौरीखोला छ । हामीसँग उर्वरा माटोहरु छ, तिनलाल छ, धेरै यस्ता चिज छन् जसले रामेछापको चिनारीलाई नयाँ उचाइमा पु¥याउन सक्छन् । त्यतिमात्र नभएर क्रान्तिको एउटा इतिहास पनि रामेछापमा नै लुकेर बसेको छ । यी सबै क्रान्तिवीर र योद्धाहरुको बसोबासको स्थल वा उद्गम स्थल भएको हुँदा रामेछापलाई अगाडि बढाउन त्यत्रो धेरै वर्ष नै कुर्नुपर्ने म देख्दैदेख्दिन । वास्तवमा हिजो के भएको थियो भने सरकार ६÷६ महिनामा बदलिइरहने, नचाँहिदो गठबन्धन हुने, दिगो विकास नहुने, दिगो शान्ति नहुने, शु–शाशन नहुने जो समस्या भोगेर आएका छौं । अब यी सबै चिजको बन्धनलाई तोडेर हामी समाजवादतर्फ जान्छौं । रामेछापको उत्पादन र रामेछापको पहिचान जे छ ? त्यसलाई मात्र उठाउन सकियो भने रामेछाप मात्रै होइन, रामेछापले अरु क्षेत्रलाई समेत पाल्न सक्ने क्षमता रामेछापले राख्छ ।

 स्वरोजगारको कुरा गर्दा अहिले पनि नेपालबाट दैनिक ११०० देखि १५०० को संख्यामा युवाहरु विदेसिन्छन् । त्यसैगरी दैनिक विदेशबाट नेपालमा ३ देखि ४ वटा लाश अवतरण हुन्छ, यो अवस्था आम नेपाली युवाहरुले भोगिरहेका छन् । आम युवाहरुले नेपालमै र रामेछापका युवालाई रामेछापमा नै रोजगारी दिने खालको खाका वामगठबन्धले बनाएको छ ?

छ, जस्तो हामी कम्युनिष्टहरुले दुइतिहाइको बल अहिलेसम्म पाएका छैनौं । इतिहासमा मनमोहनको ९ महिने सरकार हुँदाखेरी ९ सको कार्यक्रमको सुरुवात मात्र भएको थियो । बृद्ध भत्ता, आफ्नो गाँउ आफैं बनाउँ, घरघरमा रोजगारी, सहकारी आन्दोलन लगायत शान्ति सुरक्षा, अमनचैन र सुशासनका कुराहरु थिए । पछिल्लो कालमा हाम्रो नेताहरु चाहे केपी ओली, चाहे प्रचण्ड जो प्रधानमन्त्री हुनुभयो, एक वर्ष पनि राम्रोसँग चल्न पाएन । अस्ति भर्खरै पनि केपी ओलीको सरकारले राम्रो कामको थालनी गरेको थियो । प्रचण्डले पनि ल्याउनुभएको थियो । तर कुरा के थियो भने अघि सारेका कार्यक्रम पूरा गर्न सकिएन । अर्काको बैशाखीको भरमा राम्रोसँग काम गर्न सकिएन । अब यो दुई कम्युनिष्ट बीचको गठबन्धनमा जिल्लामा हामी दुईतिहाई नै छौं । प्रदेशमा पनि दुईतिहाई छौं र केन्द्रमा पनि दुई तिहाई ल्यायौं भने हामीले गर्न सक्यौं या सकेनौं भनेर नेपाली जनताले हामीलाई तुलोमा राखेर जोख्दा हुन्छ । कम्युनिष्टहरुले अलिकति टेक्न पाए भने यो मुलुकको कायापलट पारिदिन्छ । आर्थिक विकास, साँस्कृतिक विकास, शैक्षिक विकास हुन सक्छ र अन्य क्षेत्रको विकास हुन सक्छ । हामी गरिव हुनु भनेको इतिहासको ७० वर्षको कम्युनिष्ट इतिहासमा आजसम्म फुट र विभाजनले नेपाली जनताले दुःख पाए र प्रतिक्रियावादीले मौका पाए । त्यसैले अब हामी एक भएर अगाडि जान्छौं । अब नेपाली जनताको स्वर्णिम ईतिहास लेख्ने बेला आएको छ ।

नेपालका कम्युनिष्ट पार्टीहरु पटक–पटक पूmटे, टुक्रा–टुक्रा भएर कमजोर अवस्था बने । अहिले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु एकै ठाँउमा उभिनु भएको छ । तर जनताको आशंका के छ भने फेरि यी दुई दल चुनावपछि आ–आफ्नो बाटोमा हिँड्छन् कि ?

आशंका गर्नेले गर्न सक्लान ? आशंका गर्नेलाई किन आशंका ग¥यौ भन्ने आधार त हामीसँग नरहला । अब नेपालमा कम्युनिष्ट र कम्युनिष्ट इतिका दुईवटा मात्र पार्टी हुन सक्छन् । समृद्ध नेपाल, समाजवाद, सुशासन, प्रगति रोज्नेले कम्युनिष्ट पार्टी रोज्लान् । भाडभैलो रोज्ने, देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, बेरोजगार र एकदमै थला परेको नेपाल रोज्नेले कम्युनिष्ट बाहेकको शक्ति रोज्लान् । यो रोज्ने अधिकार समेत जनतालाई छ । जनताको स्वतन्त्रपूर्वक, निष्पक्ष, धाँधलीरहित मतमार्फत् यिनीहरुको तख्ता हामी पल्टाइदिन सक्छौं । त्यो तख्ता पल्टाउने अधिकार जनतालाई नै छ । जनताले जे रोज्छन् हामी त्यहि गर्नेछौं ।

 कम्युनिष्टहरु नाताशाही हुन्छ र दुई ठूला कम्युनिष्ट पार्टीहरु मिलेर नेपालमा फेरि अधिनायकवाद निम्त्याँउदै छ भनेर पनि आलोचना हुने गरेको छ नि ?

माघेर खाने लम्फु लोकतन्त्र भन्दा कम्युनिष्टको शासन धेरै प्रजातान्त्रिक, सुशासन र अनुशासित हुन्छ । आफ्नो माटो र पानीमा उसले बढि विश्वास गर्छ । विदेशीले दिएको एक आङ्ग ढाक्ने लुगा र एकछाक खानमा कम्युनिष्टहरु पछि लाग्छन् भन्ने मलाई लाग्दैन । जनताहरु प्रगति र उन्नती चाहन्छन् । अहिलेसम्मको इतिहास हेर्नुस्, ६७ प्रतिशत जनताको मत कम्युनिष्ट पार्टीमा छ । ३० प्रतिशत मत धाँधली र षड्यन्त्र गरेर काँग्रेसमा गएको छ । अब यो चुनावमा हाम्रो बहुमत आयो भने यसपछि यो ३० प्रतिशत जनमत पनि उनीहरुको पक्षमा रँहदैन ।

२०६५ सालदेखि यता एमाले र माओवादीका नेताहरु धेरैचोटी सरकारको नेतृत्व गरे । यो १० वर्षको बीचमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि विकास निर्माण र परिवर्तन केही भएका छन् ?

अहिले जनतामा गएको गाँउपालिकाको बजेट हेर्नुस् । सीमा सुरक्षा हेर्नुस्, अन्तर्राष्ट्रिय सम्वन्ध हेर्नुस् । विकास निर्माणका खाका हेर्नुस् । तर के गर्नु? सरकार बन्छ नौ महिना भन्दा बढि टिक्न दिँदैनन् । त्यो योजनाको कार्यान्वययन गर्ने अंङ्ग हाम्रो पक्षमा नुहने । अहिले रामेछाप जिल्लामा आठ वटा पालिकाहरु मध्य एउटा तह त्यो पनि सय मतको अन्तरले हारेका छौं । अहिले नै तत्काल मूल्यांकन गर्ने बेला भएको छैन । एक वर्षभित्र मूल्यांकन गर्ने बेला हुँदैछ । हिजो कम्युनिष्टहरुले एक वर्षमा भएको बजेटलाई राम्रोसँग परिचालन गर्न नसकेको स्थिति हो । त्यसो भएको हुनाले अहिले हामीले के भनेका छौ भने हामीलाई भोट दिँदा दुई तिहाई दिनुस् । दुई तिहाइले दिनुदभयो भने हाम्रो योजना र हामीले निर्धारण गरेको बजेट हामी नै कार्यान्वयन गर्नेछौं । त्यसपछि कम्युनिष्ट शक्ति र इतरको शक्तिले गरेको कामलाई तुलोमा राखेर जोख्नुुस् । हामी भारत लगायत कति पुराना लोकतान्त्रिक देश भन्छन्, तिनिहरुको तुलनामा हामि पनि बिकासमा फड्को मार्नेछौं र अघि लाग्नेछौं ।

 जिल्लामा विकास गर्नुपर्ने कुराहरु धेरै छन् । रामेछाप जिल्लाको समृद्धि र आर्थिक विकासका लागि वामगठबन्धनले कस्तो किसिमको योजना अघि सारेको छ ?

सुन्नुस् न, हिजो पनि म तत्कालिन जिल्ला विकासको सभापति भँए । मन्थलीबाट खुर्कोट बाटो खन्दाखेरी पारिपट्टि खुर्कोटमा मोटर आएको थिएन । मन्थलीबाट गाल्वा हुँदै चौरी जाने बाटो, मन्थलीबाट साँघुटार जाने बाटो, देविटारबाट दोरम्बा जाने बाटो, हलेदेबाट धोबि जाने बाटो, ठोसेबाट बाम्ती जाने बाटो यी बाटोहरु नक्सा कोरेर सुरुसुरु बाटो खन्ने कामको सुरुवात् कस्ले गरेको भनेर कतै सोध्नु भयो भने त्यहाँ मेरो नाउँसँगै कम्युनिष्टको नाउँ आउँछ जिल्ला विकासमा । कम्युनिष्ट भन्दा बाहेक अरु कसैले पनि त्यो गरेका छन् ? त्यसो भएको हुनाले नक्सा कोर्ने हामी नै हौं । त्यसमा रंग भर्ने पनि हामी नै आउँछौं अब, हामीसँग यति धेरै योजना छन् । सडकका, बिजुलीका, गुणस्तरीय शिक्षाका, स्वास्थ्यका, पर्यटनलगायतको योजना छन् । जुनकुरा आर्थिक व्यवस्थापनसँग जोडिएका छन् । ती योजना पूरा गर्न हामीले पर्याप्त समय नै पाएका छैन् । त्यो भन्दा पहिले पनि जिविस सभापतिहरु थिए, पञ्चायत थियो । पछिल्लो समय पनि धेरै मन्त्रीहरु भएका छन् । काँग्रेसका पनि मन्त्री भएका थिए । रामेछाप जिल्लामा गरेको यो काम लेखेर देखाउ भनेर तपाइले सोध्नु भयोभने सबैको एउटै उत्तर आउँछ । भोट हामीलाई देउ, हामी तिमीलाई डोजर पठाइदिन्छौं भन्दैनौं । हामी कसैलाई पनि डोजर दिन सक्दैनौं । हामी कुनै पनि मान्छेलाई एकछाक स्वादिलो माछा बनाएर मुख मिठो बनाउन चाहदैँनौं । कोशी तर्न र माछा मार्न आवश्यक सीप सिकाउँछौं । त्यो मात्र भयो भने माछाको लोभमा परिरहने मान्छेको मुख सँधै मिठो रहन सक्छ । त्यसलाई मात्र दिगो विकास मान्नु पर्छ ।

 मानौं यहाँहरुको अहिलेको गठबन्धनले रामेछाप जिल्लामा बाजी मार्न सफल भयो भने, आगामी पाँच बर्षपछि रामेछापको अनुहार कस्तो हुन्छ ?

हामी रामेछाप जिल्लालाई हरियाली रामेछाप, समृद्ध रामेछाप र सक्षम रामेछाप बनाउँनेछौं । दाहरणका लागि चिया हुने ठाँउमा हामी चिया लगाउछौं, अलैँची हुने ठाउँमा हामी अलैँची लगाउँछौं । हरेक पालिकामा हामी प्राविधिक शिक्षालय स्थापना गर्छौं । प्राविधिक शिक्षालयको अलावा आधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गर्छौं । र जिल्ला सदरमुकामदेखि पालिकाको केन्द्रसम्म कालोपत्रे सडक निर्माण गर्नेर्छौैं । सबै ठाँउमा उचित खानेपानीको प्रबन्ध गर्छौं । श्रोतमा भएको पानीलाई व्यवस्थापन गर्दै कृषिमा उपयोग गर्छौं र माटोको परीक्षण गरेर वैज्ञानिक खेती प्रणालीको विकास गर्छौं । जसले गर्दा रामेछाप आफैंमा समृद्ध बन्ने छ र रामेछापका नागरिकले आधारभूत आवश्यकता परिपूर्तिका लागि कतार र दुवै धाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ ।

 यहाँहरुले भनिरहनु भएको छ, रामेछापको बामगठबन्धनको मत जोड्दा हामी निकै बलियो छौं । तर यहाँहरुइतरको लोकतान्त्रिक शक्ति पनि हामी चुनाव जित्छौं, हामी अगाडि छौं भनिरहेको अवस्थामा यहाँले गठबन्धनको शक्तिलाई कसरी लिनुभएको छ ?

यहाँलाई म एउटै शब्दमा भनिदिन्छु, सर्पले भ्यागुतो खान खोज्दैछ, भ्यागुताको जिउ सर्पको मुखमा नपसिसकेको अवस्थामा भ्यागुताले पनि फट्टयाँग्रा खान खोज्छ रे क्या, यति भएपछि तँपाई प्रष्ट भइसक्नु भएको छ, म अरु भन्दिन ।

जनताको घरदैलोमा जाँदा वामगठबन्धनप्रति जनताको अपेक्षा के पाउँनुभयो ?

हामीले समग्र योजना सुनाएका छौं, स्वास्थ्यका, शिक्षाका, बन र बाटा लगायतका । ती एजेण्डामा उहाँहरुले यति समर्थन गर्नुभयो, यति स्यावासी दिनुभएको छ, तत्पश्चात् उहाँहरुले पनि आगामी पाँच वर्षका लागि हाम्रै घोषणा–पत्रमा भएका कोशेलीहरु पुरा गर्नका लागि दिनुभएको छ । हामीहरु पनि उहाँहरु प्रति कृतज्ञ भएका छौं ।

 यो भन्दा अघिका निर्वाचनमा पनि जनताले थुप्रै पटक पार्टी र नेताहरुलाई मत दिएर पठाए, जिताए पनि, तर जनताको गुनासो के छ भने पार्टी र उम्मेदवारले गरेका कुरा पूरा भएन । यस पटकको निर्वाचन पछिको परिणाम गठबन्धनको पोल्टामा आयो भने घोषणा–पत्रमा लेखिएका कुरा कार्यान्वययन हुन्छ नै भन्ने आधार के छ ?

तपाई कसरी विश्वास गर्नुस् भने तपाइलाई काठमाडौंबाट रामेछाप आउँदै गर्दा सित्खा भन्ने ठाउँमा सुनकोशीमा पक्की पुल निर्माण भएको छ । मन्थलीको एयरपोर्ट भन्दा माथि पनि पुल बनेको छ । भटौली खोलामा पनि पक्की पुल निर्माण भएको छ । चौरी खोलामा पनि निर्माणको क्रममा नै छ । यो सबै योगदान वामगठबन्धनको पहलमा भएको हो । यसको अध्ययन गरिदिनुस् । हामीले आफै निर्वाचित नहँुदा यी प्रयत्नहरु ग¥यौं । त्यतिबेला निर्वाचित माओवादी केन्द्रका साथीहरु हुनुहुन्थ्यो उहाँहरुले पहल गर्नुभयो । मलाई अब भन्नुस्, यसभन्दा बाहेक रामेछापमा यी र यस्ता योजना कस्ले अघि सारेको छ ? मन्थलीको सदरमुकाम भन्दा केहिपर मदौमा हामीले प्राविधिक शिक्षालयको योजना ल्यायौं । त्यो अरु कस्ले ग¥र्यो ? गरेका चिजहरु नदेख्ने कतिपय मानिसहरु छन् । तर, हामी कम्युनिष्टहरुले काम गरिसक्यौं अरुले त सपना पनि देखेका छैनन् । यति गर्दा त भोली कम्युनिष्टहरु आए भने अधिनायकबाद आउछ, सम्पत्ति भन्न पाँईदैन भन्छन् । ५० सालतिर ६० वर्ष पुगेकालाई मार्छन् भन्ने पनि हामीलाई आरोप थियो । ती आरोपहरुतिर म नजाउँ, किनभने कर्कलालाई खुकुरी हानीरहँनु पर्दैन, सानो कर्द भए पनि हुन्छ । अब केही समय धैर्य गरौं । म धेरै आरोप लाउन पनि चाहन्न, कम्युनिष्टहरुसँग आर्थिक सवालमा, साँकृतिक सवालमा, आचरणको सवालमा, अर्थतन्त्रको सवालमा कुनै खोट लगाउनु पर्ने भए हामीलाई जनताले यति धेरै स्वागत गरिरहनु पर्नेनै हुने थिएन । किनभने जो बलियो छ, जो तागतिलो छ, उसको अगाडि त कसैले भुकिहाल्छ नि । भुक्नेहरु भुक्लान्, जो अलि शक्ति सम्पन्न छ, जो अलि बलियो छ । आँप पाकेको बृक्षमा कसैले लट्ठि हान्न सक्छ तर लट्ठिले मात्रै उसको मुराद पु¥याउन सक्दैन । आँप झारेर केहि फरक पर्दैन, त्यहि ठाउँमा फेरि आँप फल्छ । त्यसैले कम्युनिष्टहरुसँग यति धेरै ताकत छ, जुन तागतलाई सानोतिनो दक्षिणपन्थी शक्तिले गाडी कुदाएर धेरै धुलो उडाएर चुनाव जितिन्छ भन्नु भनेको माघको महिनामा आँटी खान्छु भन्नु जस्तै हो । न आँटी पाइन्छ, न त खाइन्छ नैं, केवल सपना मात्रै हो ।

भनेपछि बामगठबन्धनको रामेछापमा जित शुनिश्चित छ भन्ने कुरा नै यहाँको तर्क हो ?

त्यसमा कुनै शंका उपशंका नै छैन, हाम्रो जित सुनिश्चित छ ।

 हामी कार्यक्रमको अन्ततिर पनि आइसकेका छौं । अन्तिममा याँहाको मतदाता र जनतालाई भन्नुपर्ने कुरा केही छ ?

अझै पनि हामी अभियानमा जान बाँकी नै छ । हाम्रो जिल्ला नै एक प्रकारको प्राकृतिक पर्यावरणमा आबद्ध भएको छ । पश्चिमी भेग अत्यन्तै सुख्खा छ, उत्तरी भेग चिस्यान छ, दक्षिणी भेगको वातावरण प्रतिकूल र अुनुकुलताको आधारमा हामी कृषि प्रणालीको विकास गर्छौं । जहाँ चिस्यान भएको जमिन छ, त्यहाँ अलैँची, अदुवा, जिरा, कफि के हुन्छ, हामी अध्ययन गर्छौं । हामीले हरेक वडामा गएपछि प्राकृतिक संम्भावना पाउँछौं । यहाँ प्राकृतिक सौन्दर्यता र बान्की परेको छ । हामी रामेछापलाई यस्तो स्वर्गभूमि बनाउँछौं, अब हामीलाई दुई तिहाइको बहुमत सहित काम गर्ने अवधि चाहिन्छ भनेर हरेक वडामा त्यहाँको विषेशतामा आधारित, त्यहाँको श्रोतमा आधारित भुगोल अनुसारका विकासका खाका अलग अलग निर्माण गरेका छौं । यो कम्युनिष्टका संस्थापक पुष्पलाल नै जन्मिएको जिल्ला हो । त्यसैगरी गंगालाल र कृष्णलाल जन्मिएको जिल्ला हो । इतिहासमा हामी गौरब गर्छौं । मुस्लिम देशहरुले मक्का मदिनालाई तिर्थ स्थलको रुपमा मान्छन् । हिन्दुहरुले पशुपतिलाई मान्छन् । बौद्धष्टिहरुले स्वम्भुलाई मान्छन् । कम्युनिष्टहरुले रामेछापलाई तिर्थस्थलको रुपमा लिएका छन् । त्यसैले हामी त्यो जिल्लाका क्रान्तिकारीहरु हौँ । त्यो जिल्लाका परिवर्तनकामीहरु हौं । त्यसैले हामीलाई कसैले हल्लाएर, कसैले सिट्ठी फुकेर, कमजोर पार्छु भन्ने चाँहि धेरै परको कुरा हो । जनताले हामीलाई स्यावासी दिइसकेका छन् ।

प्रतिकृया

Add