छोराका निधनले विक्षिप्त भएका प्रचण्डको थामिएनआँशू

 आइतवार, मंसिर ३, २०७४ | onlinenews

 काठमाडौं- नेकपा माओवादीका अध्यक्ष प्रचण्डले छारोको निधन भएको खबर झापामा सुने । अध्यक्ष प्रचण्ड चुनाव प्रचारका क्रममा झापा पुगेका थिए ।
छोरा प्रकाशको मृत्युको खबरपछि हेलिकोप्टरबाट काठमाडौं आएका प्रचण्ड लाजिम्पाटस्थित डेरामा पुगेर नर्भिक अस्पतालमा गएका थिए । अस्पताल पुग्दा छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो तर, उनले आफूलाई सम्हालेका थिए । सार्वजनिक रुपमा उनले आफ्नो दुःख देखाएनन् ।
प्रचण्ड अस्ताल पुगेपछि पत्रकार सम्मेलनमार्फत अस्पतालले प्रकाश दाहालको मृत्यु भएको आधिकारीक जानकारी दियो । र, प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय पेरिडाँडा लगियो ।
नेकपा माओवादी केन्द्रका पोलिब्यूरो सदस्य समेत रहेका प्रकाश दाहालको पार्थिव शरीरमा पार्टी अध्यक्षको हैसियले प्रचण्डले पार्टीको झण्ड ओढाए । तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा प्रचण्डले पीडा लुकाउन सकेनन् । र, प्रचण्ड रोए ।
प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । श्रद्धाञ्जली दिन पुगेको माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको पेरिडाँडामा ठूलो भिड लागेको छ ।
पार्टीका प्रवक्ता पम्फा भुसालले शोक बक्तब्य पढेपछि माओवादी नेताहरुको बीचमा रहेको प्रचण्डलाई प्रकाशको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउन आग्रह गरिन ।

आफ्ना छोराको पार्थिव शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बनेर राएका प्रचण्डले मृत छोराको अनुहारमा समेत हेर्न सकेनन् ।

प्रतिकृया

Add