उपेन्द्र यादव चढेको गाडीमा गोइत समूहले बम राख्यो

 सोमवार, मंसिर ४, २०७४ | onlinenews
Share this

काठमाडौं–छुट्टै तराई राष्ट्रको माग गर्दै भूमिगत सशस्त्र संघर्ष गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीमा बम हालेको दाबी गरेका छन् ।
गोइतले आइतबार साँझ एक विज्ञप्ति जारी गरी फोरम अध्यक्ष यादव चढेको गाडीमा प्रेसर कुकर बम हालेको र कुनै पनि बेला विस्फोटन हुनसक्ने जनाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘ यात्रा गरी रहेको गाडीमा कुनै वेला विस्फोटन हुने छ । यसबाट मर्नेको साथै क्षति हुने र उत्पन्न हुने दुष्परिणामको जिम्मेवार बन्दलाई अवज्ञा गर्नेहरु नै हुने छ ।’

Share this

प्रतिकृया

Add