सरकारको सिकायतमा निषेधित क्षेत्र घोषणाः वामगठबन्धन

 सोमवार, मंसिर ४, २०७४ | onlinenews

रामेछाप–वामगठबन्धन रामेछापको संयुक्त निर्वाचन परिचालन समितिले मंगलबारबाट लागू हुने गरि जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको सुनापानी गाउँपालिकाको बेथानलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
नेपाली काँग्रेसको सरकारको सिकायतमा जिल्ला प्रशासन कार्यालय रामेछापले सुनापति गाउँपालिका–४ मा आयोजना गरिएको वामगठबन्धनको निर्धारीत कार्यक्रमलाई रोक्ने नियतले विनाकारण निषेधित क्षेत्र घोषणा गरेको भन्दै निषेधित क्षेत्र घोषणाको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको हो ।
सुनापति गाउँपालिको बेथानलाई निषेधित क्षेत्र घोषणा गर्ने स्थानीय प्रशासनको निर्णयप्रति वामगठबन्धनले आपत्ति जनाताउँदै घोरभत्सर्ना समेत ब्यक्त गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको निषेधित क्षेत्र घोषणा गर्ने सूचना आए लगत्तै वामगठबन्धनले एक विज्ञप्ति प्रकाशित गरि प्रशासनको निर्णयको भत्सर्ना गरेको हो ।
निषेधित क्षेत्र घोषणा गरि निर्धारीत कार्यक्रममा रोक लगाई कुनै पनि कार्यक्रम नगर्न भनि प्रशासनले सूचना जारी गरि मतदाता समक्ष दल र उम्मेदवारले आफ्ना कार्यक्रम र प्रतिवद्धता भयरहित वातावरणमा राख्न पाउँने संवैधानिक हकअधिकारको समेत हनन भएको वामगठबन्धनको ठहर छ ।
वामगठबन्धन रामेछापको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक देवशंकर पौडेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ– ‘चुनाव प्रचारप्रसारको क्रममा बेथान लगायत अन्य कुनै पनि ठाउँमा अप्रिय घटना नघेको र शान्तिपूर्ण रुपमा चुनाविभ गतिविधि अगाडि बढिरहेको अवस्थामा हठात् निषेधित क्षेत्र घोषणा हुनुले वर्तमान काँग्रेस नेतृत्वको सकारले निर्वाचन स्वच्छ र भयरहित रुपमा सम्पन्न गर्छ भन्ने कुरामा गम्भीर आशंका उत्पन्न भएको छ ।’
निषेधित क्षेत्र घोषणाको निर्णय तत्काल फिर्ता लिई उम्मेदवारको मत माग्न पाउँने अधिकारको सुनिश्चित गर्न पनि विज्ञप्तिमा माग गरिएको छ । निर्णय फिर्ता नलिए यसबाट हुनजाने सबैखाले क्षतिको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने पनि वामगठबन्धनले चेतावनी दिएको छ ।
वामगठबन्धनले सम्पूर्ण कार्यकर्ता पंक्तिलाई धैर्यतापूर्ण निर्वाचन अभियानमा समेल हुन आग्रह गर्दै यस्ता खाले षड्यन्त्रको भण्डाफोर गर्न र अभियानमा बाधा अवरोध आएमा कडा प्रतिवाद गर्न समेत कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिकृया

Add