वामगठबन्धनको उम्मेदवार कुशल शालिन नेता : पौडेल

 मङ्लबार, मंसिर ५, २०७४ | onlinenews

रामेछाप-पुर्व सांसद तथा नेकपा एमालेका नेता एवं वामगठान्धन रामेछापको प्रतिनिधिसभा निर्वाचन परिचालन समितिको संयोजक देवशंकर पौडेलले बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ ‘कुशल’ शालिन र सक्षम नेता भएको बताए ।
रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका–१ चुचरेमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पौडेलले माओवादीबाट आपूmले पनि विगतमा दःुख भोगेको स्मरण गर्दै अब विगतलाई विर्सेर सबै अगाडि बढ्नुको विकल्प नभएको बताए ।
नेपाल सरकारको विना विभागीय मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ र प्रदेशसभा ‘क’ अन्र्तगतका वामगठबन्धनका उम्मेदवार शान्तिप्रसाद पौडेल कुशल क्षमतावान, शालिन र कर्मनिष्ठ ब्यक्ति भएको बताए ।
राजनीति धेरै संर्घषशिल क्षेत्र भएकोले क्रियाशिल भिजनयुक्त व्यक्तिको जित सुनिश्चित भएको उनको भनाई छ । रामेछापको विकास र समृद्धिको लागि वागठबन्धनलाई जिताउनु पर्ने पौडेलले बताए ।
काँग्रेसबाट देशको विकास र निकास सम्भव नभएको भन्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जनताले वामपन्थी उम्मेदवारलाई भोट दिएर दुईतिहास बहुमतले विजयी गराएमा आगामी पाँच वर्षभित्रमा देश र रामेछाप जिल्लाको मुहार फेरिने नेता पौडेलले बताए । वामगठबन्धनले जितेमा अबको ५ देखि १० वर्षभित्रमा जनता कोही पनि गरिब दुःखि हुनुनपर्ने पनि नेता पौडेलले दावि गरे ।

प्रतिकृया

Add