को हुन्, प्रतिनिधिसभा रामेछापको वामगठबन्धनका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ ?

 मङ्लबार, मंसिर ५, २०७४ | onlinenews

रामेछापका प्रतिनिधिसभा उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ को राजनीतिक यात्रा
आगामि मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन हुँदै छ । रामेछाप जिल्ला पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पहिलो चरणमा परेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा वामगठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलीव्यूरो सदस्य तथा विनाविभागीय मन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ प्रतिनिधिसभाका उम्मेदवार छन् ।
को हुन् श्याकुमार श्रेष्ठ ‘कुशल’ ?
श्यामकुमार श्रेष्ठको जन्म विसं २०२८ साल पौष १ गते बुबा तिर्थदास श्रेष्ठ र आमा खष्टमायाको एकमात्र छोराको रुपमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ मा भएको हो । श्रेष्ठको औचारिक शैक्षक योग्यता मानविकी शंकाय अन्तर्गत अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर तहसम्मको छ । उनले एसएलसी सम्मको अध्ययन गाउँकै भिमेश्वर माध्यमिक विद्यालय चिसापानीबाट प्रथम श्रेणिमा उत्र्तिण गरेका हुन् ।
एसएलसी उत्तिर्णपछि शहर पसेका उनले राजनीतिमा आउँनुपूर्व धेरै देशहरुको अध्ययन भ्रमण गरेका छन् । सानैदेखि पढाइमा अब्बल मानिएका उनले त्रिभूवन यूनिभर्सिटीबाट एमए गरेका हुन् । उनी भाषमा पनि अग्रेजी, हिन्दी उर्दु, बंगाली, नेवारी लगायत दर्जन भाषामा दख्खल राख्छन् । र, उनी राजनीतिमा आएपछि रामेछाप जिल्लाकै कुटनीतिक र कुशल संगठक नेताको रुपमा चिनिन्छन् ।
उम्मेदवार श्याम कुमार श्रेष्ठको राजनीति
वि.स. २०४३ सालदेखि तत्कालिन नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिक यात्र सुरुवात गरेका श्रेष्ठले २०४७ सालमा दयानारायण श्रेष्ठबाट पार्टीको सक्रिय सदस्यता लिएका थिए । २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य बनेका श्रेष्ठ २०५१ साल फागुनबाट माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सालसम्म अर्धभूमिगत बसेका थिए ।
२०५७ सालमा नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका श्रेष्ठ पूर्वि कमाण्ड अन्तर्गत रामेछाप–काभ्रेको सव–एरिया सेक्रटरी हुँदै २०५८ सालमा नेकपा माओवादी रामेछापको जिल्ला कार्यसमिति सदस्य बनेका थिए । २०५९ मा प्राविधिक कमाण्डको इन्चार्ज, २०६० मा रामेछाप–काभ्रे जि

 

ल्लाको ईलाका सेक्रेटरी हुँदै २०६१ देखि चुनवाङ बैठकसम्म रामेछाप जिल्ला सेक्रेटरी समेत बनेका थिए । २०६६ सालसम्म विशेष केन्द्रीय कमाण्डाको कार्यालय सचिवको जिम्मेवारी पनि सम्हालेका श्रेष्ठ २०६६ सालमा पुनः रामेछापको सेक्रेटरी बनेका थिए । २०६८ देखि २०७० सम्म रामेछापमा संगठन विभाग प्रमुख भएका श्रेष्ठ २०७० सालका दोस्रो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट रामेछापको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष सांसदमा निर्वाचित भए ।
व्यवस्थापिका सांसदको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य बनेका श्रेष्ठ २०७२ मा पार्टीको केन्द्रीय कमिटीको सदस्य सदस्य भए । २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य बनेका श्रेष्ठ स्थानीय तहको निर्वाचन २०७४ मा रामेछापको निर्वाचन परिचालन समितिका संयोजकको जिम्वेवारी सम्हालेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री भएका श्रेष्ठ हाल एमाले र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाको साझा उम्मेदवार हुन् । २०७० सालमा भएको दोश्रो संविधानसको निर्वाचनमा उनी रामेछापको क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले रामेछापको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । विकास निर्माणको कार्यमा श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरिहेका छन् । रामेछापका जनताको मन जित्न सफल भएका श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा पनि रामेछापवासी जनताले अत्याधिक मत दिएर जिताउने विश्वासमा छन् । रामेछापलाई माओवादी जनयुद्धको उदगमस्थल र आधार इकालाको रुपमा समेत लिइन्छ ।
जनयुद्धको समयमा दर्जनौ मोर्चामा सहभागी भएका श्रेष्ठले पाँच वटा घटनामा भने मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भए । पार्टीको बैठकको क्रममा २०५९ रामेछापको कुखुरे आहल कालपानी जङगलमा सेनासँग जम्काभेट हुँदा कुहिरोको कारण ज्यान जोगाउन सफल भएका व्यक्ति हुन् श्यामकुमार श्रेष्ठ । २०६० सालमा सैलुङ्गमा पार्टीको काम सकेर कोसीपारी जाने क्रममा रामेछापको भोटनागी डाँडामा सेनाले बाटोमा एम्बुस विच्छाएको घटनामा पनि बाच्न सफल भएका हुन् ।
माओवादी केन्द्रको समर्थनमा बनेको देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल विना विभागीय मन्त्रीको भूमिका निर्वाह गर्दै बामपन्थी गठबन्धबाट रामेछापको प्रतिनिधिसभामा साझा उम्मेदवार बनेका छन् ।

प्रतिकृया

Add