पहिलो चरणको चुनावको सबै तयारी पूरा

 मङ्लबार, मंसिर ५, २०७४ | onlinenews

काठमाडौ– प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री सम्बन्धित स्थालमा पु¥याउँने जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको बताए ।
यससँगै २१ मंसिरको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको आयोगजे जनाएको छ । ‘पहिलो चरणको तयारी सबै सकिएको र दोस्रो चरणको तयारी पनि अन्तिम चरण पुगेको आयोगले जनाएको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाहरुमा निर्वाचन अनुगमनकर्ताहरु २० गतेदेखि नै निर्वाचन क्षेत्रमा खटिसकेका छन् । २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचन लागि भने ७ गतेदेखि अनुगमनकर्ताहरु खटिइने आयोगको भनाई छ । दोश्रो चरणको निर्वाचनमा खटिने अनुगमनकर्ता लागि चालिम चलिरहेको छ ।
नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरिएको आयोगले जनाएको छ । यसैगरी सातवटै प्रदेशमा निर्वाचन विवाद निरुपण सम्वन्धमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम पनि राखिएको छ ।

प्रतिकृया

Add