६ गते संघीय समाजवादीको फर्पुमा बृहत जनसभा गर्ने

 मङ्लबार, मंसिर ५, २०७४ | onlinenews

संघीय समाजवादी फोरम नेपाल रामेछापले यही मंसिर ६ गते गोकुलगंगा गाउँपालिकाको वडा नम्बर ६ फर्पुमा बृहत जनसभा गर्ने भएको छ ।
यही मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चुनावि अभियान अन्तर्गत संघीय समाजवादी फोरम नेपालले बुधबार फर्पुमा जनसभाको आयोजना गरेको हो ।
फर्पुमा आयोजना गरिएको चुनावि जनसभालाई संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सदस्य आङकाजी शेर्पा, पूर्व एआजी डा. कृष्णकुमार तामाङ, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सिंहबहादुर योञ्जन, संघीय समाजवादी फोरमको तर्फबाट रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमृतबहादुर सुनुवार र जिल्ला पर्टी अध्यक्ष सोनाम तामाङ लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सो कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार प्रकाश कटुवाल, कुमार कार्की, कल्पना सुनुवार, पुस्कर सुनुवार, बृहसमान सुनुवारलगायतका कलाकारहरुले साँस्कृति प्रस्तुति समेत गर्ने कार्यक्रम रहेको छ ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा संघीय समाजवादी फोरम नेपालले रामेछापमा आफ्नो चनावि गतिविधिलाई तीब्र पार्दै आएको छ ।

प्रतिकृया

Add