वामगठबन्धले मंसिर ७ गते खिम्तीमा बृहत जनसभा गर्ने

 मङ्लबार, मंसिर ५, २०७४ | onlinenews

 

रामेछाप- वामगठबन्धन रामेछापले यही मंसिर ७ गते लिखु गाउँपालिकाको खिम्ती बजारमा बृहत जनसभा गर्ने कार्यक्रम तय गरेको छ ।
वामगठबन्धनले लिखु गाउँपालिका, गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकालाई केन्द्र बनाएर लिखु गाउँपालिकाको खिम्ती बजारमा बृहत जनसभा गर्न लागिएको वामगठबन्धन निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।
लिखु गाउँपालिका–६ खिम्ती बजारमा हुने जनसभामा सहभागी हुन र गठबन्धनका कार्यकर्ता र मतदाताहरुलाई वामगठबन्धन रामेछापले आग्रह गरेको छ ।
जनसभामा वामगठन्धन रामेछापका निर्वाचन परिचालन समितिका संयोजक देवशंकर पौडेल, वर्तमान सरकारले विनाविभागयी बनाएका विनाविभागीय मन्त्री श्यामकुमार श्रेष्ठ, ‘कुशल’, वामगठबन्धनका प्रदेशसमा ‘क’का उम्मेदवार शान्तिप्रसाद पौडेल लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको वामगठबन्धनले जनाएको छ ।
यही मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचाको अन्तिम चुनाविसभाको रुपमा रामेछापका वामगठबन्धनले खिम्तीमा बृहत जनसभाको आयोजना गर्न लागेको हो ।

प्रतिकृया

Add