जनवादी गायक खुसीराम पाख्रिनको निधन

 मङ्लबार, मंसिर ५, २०७४ | onlinenews
Share this

भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी पाख्रिनलाई हृदयघात भएको बताइएको छ ।
चुनावि सभामै ढलेका पाख्रिनलाई तत्कालै नारायणी सामुदायिक अस्पताल लगिएका र उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।
पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए । २००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माओवादीका पूर्व सभासद समेत हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा पाख्रिन माओवादीबाट समानुपातिक सभासद बनेका थिए ।
पछिल्लो समय पाख्रिन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए । नेकपा (चौम)बाट राजनीतिक यात्रा सुरू गरेका पाख्रिनले माओवादी जनयुद्द सुरू भएयता सांस्कृतिक समूहमा रहेर काम गरेका थिए । उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पनि हुन् । पाख्रिनको श्रीमति, २ छोरा र २ छोरी छन् ।

Share this

प्रतिकृया

Add