मतदातालाई केपी ओलीको हवाई पत्र, वामगठबन्धनलाई जिताउन आग्रह

 बुधबार, मंसिर ६, २०७४ | onlinenews

रामेछाप- नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले वामगठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै मतदातालाई पत्र लेखेका छन् । अध्यक्ष ओलीले सामान्य मतदातालाई समेत निर्वाचनमा सहभागि हुन र वामगठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउँन आग्रह गर्दै पत्र लेखका हुन् ।
एमाले अध्यक्ष ओलीकै नामबाट घरघरैमै पत्र आएपछि मतदाताहरु अचम्ममा परेका छन् । यसैक्रममा रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीका कृष्ण कार्कीले अकास्मत आपूmलाई एमाले अध्यक्ष ओलीको पत्र आउँदा अचम्मीत भएको बताए ।
रामेछापको सदरमुकाम मन्थलीमा सवारी मर्मत केन्द्र खोलेर काम गर्दै आएका व्यवसायी कृष्ण कार्कीलाई केहिदिन अघि एउटा पत्र आयो । त्यो पत्र पठाएका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले । व्यवसाय गरेर गुजारा चलाउदै आएका कृष्णले बोलीमात्रै सुनको ओलीको पत्रनै आउँदा अचम्मित भएको बताए ।
पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नामबाट आएको पत्र हातमा पर्दा उनलाई विश्वास नै लागेन । केपी ओलीले मलाई पत्र ? उनी सोचमग्न भए । साथीहरुले मज्जाक गरेका होलान् भन्ने लाग्यो पहिले त उनलाई ।
आश्चर्य र अविश्वासकाबीच ओलीको पत्र खोलेर हेरेपछि पो उनले थाहा पाए, चुनावी प्रचारको नयाँ शैलीका बारेमा । केपी शर्माओलीको नामबाट आएको उक्त पत्रमा वामगठबन्धनको चुनाव केन्द्रित एजण्डा र घोषणा पत्रको सार संक्षेप लेखिएको थियो ।
रामेछापमा अहिले कृष्ण कार्कीको जस्तै अरु धेरैको हातमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नामबाट आएको एउटा पत्र छ । सो पत्रमा आसन्न संघ र प्रदेशसभाको निर्वाचनमा वामगठबन्धनका उम्मेदवारलाई मत हाल्न र विजयी गराउन आग्रह गरिएको छ । साथै ओलीले पत्रमार्फत अन्य मतदातालाई पनि वामगठबन्धनको पक्षमा मत हाल्न आग्रह गर्नु भनेर अनुरोध गरेका छन् ।
स्थानीय तहको चुनावका बेला रामेछापमा क्रियाशिल राजनीतिक दलका कार्यकर्ता टिर्सट, टोपी र गम्छामा सजिएका देखिन्थ्ये । त्यो बेला दलका प्रचार सामाग्री छापेर टिर्सट, टोपी र गम्छा बनाउने व्यवसायीहरुले धेरै आम्दानी पनि गरे ।
संघ र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले यस्ता चुनावी सामग्री प्रयोगमा प्रतिबन्ध लगाएपछि प्रचारको शैली समेत फेरियो । नयाँ चुनाव प्रचारशैलीसँगै दलहरुले जिल्लाको मुख्य बजार र शहरलाई कुनै ठूलै महोत्सव र उत्सव आएजस्तै गरि सजाए । दलहरुको त्यो प्रकारको चुनाव प्रचारशैलीले जिल्लाका मुख्य बजार र शहर क्षेत्रहरु दुलही पहिरिए जस्तै गरि सिंगारिएका थिए ।
बजार झपक्कै ढाक्ने गरि पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गरिएको तोरण अनि घरका भित्ता र सर्वजनिक पर्खालहरुमा उम्मेदवारका फोटो सहित ठूला–ठूला पोष्टर र ब्यानरहरु टाँगिए र टाँसिएका थिए । दलहरुको त्यो तामझाम धेरै दिन टिक्न सकेन । आरसंहिता विपरीत भन्दै दलहरुले प्रयोग गरेका प्रचार सामाग्रिहरु निर्वाचन आयोगले प्रहरी लगाए हटाइदियो । सुरुवात देखिनै सामाजिक सञ्जाललाई निर्वाचन प्रचारको माध्यय बनाउँदै आएका दलहरु त्यसपछि अझ सामाजिक सञ्जामा छाए । फेसवुकबाटै चुनावि कार्यक्रमको लाइभ गर्ने, कार्यक्रमको फोटो राख्ने, मत माग्ने काममा सामाजिक सञ्जालाई ब्यापक रुपमा प्रयोग गरिएका छन् अहिले । त्योसँगै एकले अर्कोलाई गाली गर्न समेत दलहरुले सामाजिक सञ्जालकै प्रयोग गरेका छन् ।
अन्य जिल्लाका उम्मेदवारहरुले जस्तो मोवाइल एसएमएसमार्फत भोट माग्ने शैली रामेछापमा नदेखिए पनि सामाजिक सञ्जालको भने ब्यापक प्रयोग भएको छ ।
दलहरुले अपनाएका चुनावि प्रचारका यी शैलीहरुलाई मतदाताले समान्य रुपमा लिए पनि केपी शर्मा ओलीले अपनाएको पत्र मार्पmत भोट माग्ने शैलीलाई भने नौलो शैलीको रुपमा लिएका छन् ।

प्रतिकृया

Add