मैले जिते भने विगतको भन्दा राम्रो काम गर्छुः कान्छाराम

 बुधबार, मंसिर ६, २०७४ | onlinenews

रामेछाप– नेपाली काँग्रेसको तर्फबाट रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले निर्वाचनम आपूmले जिते विगतको भन्दा राम्रो काम गरेर देखाउँने बताएका छन् ।
आपूmले चुनाव जितेमा पार्टीको घोषणा–पत्रमा लेखिए अनुसारका काम गर्ने प्रतिवद्धता ब्यक्त गर्दै घोषणा पत्रअनुसार काम गर्न नसके जनताले दिने जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको उनले बताए ।
सामाजिक दायित्वबाट आपूm कहिल्यै पछि नहटेको भन्दै दुबै उम्मेदवारलाई अत्याधिक बहुमतका साथ चुनाव जिताउन पनि कान्छारामले जनतालाई आग्रह गरे ।
नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवं पूर्व सचेतक शोभाकर पराजुलीले बाम गठबन्धनलाई दाम गठबन्धनको संज्ञा दिए । उनले यो बामगठबन्धन नभएर दुई कम्युनिष्ट पार्टीको अपबित्र गठबन्धन भएको बताए ।
गठबन्धनमा रहेका दुई कम्युनिष्ट पार्टीहरु एक हुँदा एउटाको अस्तित्व सोहि दिन समाप्त भएको पराजुलीको भनाई छ । माओवादी केन्द्र र नेकपा एमालेबीच भएको ४० र ६० को उम्मेदवारीले कम्युनिष्टले कुनै हालतमा बहुमत ल्याउँन नसक्ने बताए ।
दुई कम्युनिष्टको मिलनले नेपाली काँग्रेसलाई जित्न हिजो भन्दा सजिलो भएको पराजुलीको भनाई छ । बन्दुकको नालबाट सत्ता कब्जा गर्न सकिन्छ भन्ने मानसिकताले ग्रसित माओवादीले कुनै दिन त्यहि बन्दुकको नाल एमालेतिरै फर्काउने पराजुलीको तर्क छ ।
अदृश्य शक्तिको आर्थिक प्रलोभनमा परेर दुई पार्टीले आफ्ना केन्द्रिय समितिलाई समेत जानकारी नगराई रातारात कम्युनिष्टको अपवित्र गठबन्धन बनाएको उनको आरोप छ ।
चुनावि सभालाई संवोधन गर्दैै रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापमगरले जनताको समस्याहरु धेरै भएकाले एकै पटक सबै समस्या समाधान गर्न नसकिने बताए ।
नगरपालिकाभित्र व्यवसायिक सडक निर्माण गर्न नसक्दा उत्पादित कृषिजन्य बस्तुहरु बजारसम्म पु¥याउन नसकिएको धारणा राखे । सडकको दुराअवस्थाको कारण नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन नसकिएको बताए ।
नगरपालिका भित्र व्यवस्थित सडक सञ्जाल विस्तार गर्ने योजना आफ्नो प्राथमिकतामा रहेको पनि मेयर थापामगरले बताए । भूकम्पपछिको आवास निर्माण र खानेपानीको समस्या समाधानका लागि नगरपालिकाले योजनाहरु अघि सारेको उनले बताए ।
काँग्रेसका तीनै जना उम्मेदवारलाई निर्वाचित गराउन सके आगामी पाँच वर्ष भित्रमा रामेछाप जिल्लाको मुहार फेरिने मगरको भनाई छ । उधारोमा भोट माग्ने जमाना नभएको भन्दै हाताहाती विकास गर्ने खाका लिएर आउनेलाई जनताले आफ्नो मत दिनुपर्ने भन्दै त्यस्ता उम्मेदवार काँग्रेसमा मात्र भएको मगरको कथन छ ।
नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जिल्लाबासीको लागि कान्छाराम भगवान भएको भन्दै विकासको लागि कान्छाराम नामै काफी भएको बताए । देशमा कम्युनिष्ट रहेसम्म देशको विकास हुनै नसक्ने भन्दै उनले बामगठबन्धनको चर्को आलोचना समेत गरे ।
विभिन्न कालखण्डमा माओवादी र एमालेले पद, सत्ता र शक्तिको दुरुपयोग गर्दै अनेकौ बाहनामा राज्यको सम्पत्ती दुरुपयोग गरेको आरोप लगाउँदै कम्युनिष्टको सत्ता नै जनताको लागि दुर्भाग्य भएको तर्क गरे ।
कम्युनिष्टले आफ्नो कार्यकर्तामाथि हात उठाएमा उसको अस्तित्व मेटिदिन कार्यकर्तालाई निर्देशन दिएका छन् । त्यसको जिम्मेवारी पार्टी नेतृत्वले लिने पनि उनले बताए ।
कार्यक्रममा अधिकांश बक्ताले पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछापको विकासका लागि आफ्नो खल्तीको पैसा लगानी गरेको बताए । सामाजिक रुपमा तामाङ र कार्कीले रामेछापमा धेरै लगानी गरेकाले काँग्रेसको जीत सुनिश्चित भएको काँग्रेस नेताहरुको भनाई छ ।
सोही कार्यक्रमकाबीच अन्य विभिन्न पार्टी परित्याग गरि २ सय ५० भन्दा बढी कार्यकर्ता काँगे्रसका प्रवेश गरेको रामेछाप नगरपालिका ७ का वडा अध्यक्ष शमिर कार्कीले जानकारी दिए ।

प्रतिकृया

Add