मतदान केन्द्रमा खटिएका कर्मचारी बिहीबार बेलुकासम सबै मतदान केन्द्रमा पुग्ने

 बिहिबार, मंसिर ७, २०७४ | onlinenews
Share this

रामेछाप– यही मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वचनमा खटिएका रामेछाप जिल्लाका कर्मचारीहरु बिहीबार बेलुकासम्म सबै मतदान केन्द्रहरुमा पुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
टाढा र दुर्गम क्षेत्रको मतदान केन्द्रमा खटिएका कर्मचारी सदरमुकामबाट बिहीबार नै हिडीसकेको र बिहीबार बेलुकासम्म जिल्लाभरीका सबै मतदान केन्द्रहरुमा कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिृकतको कार्यालय रामेछापले जानकारी दिएको छ ।
२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा ६४ वटा वडाहरु रहेका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा ९० मतदान स्थल र १ सय ९१ मतदान केन्द्र रहेका छन् ।
जिल्लाको प्रदेशसभा ‘क’ मा ७३ हजार १ स ७६ र प्रदेशसभा ‘ख’ मा ७९ हजार ३ सय ८९ मतदाता रहेको रामेछापमा कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेका छन् ।
निर्वाचन सुरक्षाको लागि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरीसहित २ हजार २ सय ५० सुरक्षाकर्मी खटाएको छ । त्यसैगरी १ हजार ५ सय २८ जना बुथका लागि कर्मचारी खाटइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add