बिहीबार राती १२ बजेबाट मौन अवधि सुरु हुँदै

 बिहिबार, मंसिर ७, २०७४ | onlinenews

रामेछाप– पहिलो चरण्मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे प्रचार प्रसारको समय अन्तिम भएको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ वटा जिल्लाम आइतबार हुने निर्वाचनमा दललाई दिइएको प्रचारप्रसारको समय बिहीबारबाट सकिदैछ ।
पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार राती १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुनेछ । मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।
पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसारप्रसार जारी रहने भएकाले पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न आग्रह गरिएको छ ।

निर्वाचन आचारसंहिता (तेस्रो संशोधन २०७४) २०७२ मा मौन अवधिमा पालना गर्नुपर्ने शर्तहरु

१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने ।
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

प्रतिकृया

Add