मतदाता परिचय–पत्र वितरण शुक्रबार र शनिबार

 शुक्रबार, मंसिर ८, २०७४ | onlinenews

आगामी आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचको लागि थपिएका र छुटेका मतदाताहरुको परिचय–पत्र शुक्रबार र शनिबार दुई दिन वितरण गरिने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
यस अघि मतदाता परिचय–पत्र लिन बाँकी रहेका र स्थानीय तहको निर्वाचनपछि थपिएका मतदाताहरुको लगि दुई दिन परिचय–पत्र वितरण गर्न लागिएको हो ।
रामेछाप जिल्लामा स्थानीय तहको निर्वाचनपछि १७ हजार ९ सय ३९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।
चाहेर पनि शुक्रबार र शनिबार परिचय पत्र लिन आउँन नसकेका मतदाताहरुको लागि मतदानकै दिन आर्थत १० गते पनि परिचयपत्र वितरण cialis prix गर्ने ब्यवस्था मिलाइले निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता परिचय–पत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिने पनि निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया

Add