रामेछापमा स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभामा कम मत खस्ने अनुमान

 आइतवार, मंसिर १०, २०७४ | onlinenews

रामेछाप– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान जारी रहेको अवस्थामा रामेछाप जिल्लामा स्थानीय तहको भन्दा कम मत झर्ने अनुमान गरिएको छ ।
जिल्लाका मतदान केन्द्रहरुमा मतदाताहरुको उपस्थिति कम देखिएपछि स्थानीय तहको निर्वाचनमा भन्दा अहिले मत कम खस्ने अनुमान गर्न थालिएको हो ।
मतदानको दिन विहान चिसोका कारण दिउँसो मतदाताको भीढ हुने अनुमान गरिए पनि घाम तातिसक्दा समेत मतदाताको कम उपस्थिति रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा जस्तो मतदाताहरुको उस्साह नदेदिएको रामेछापका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जिल्लाको प्रदेशसभा (क) मा ४४ मतदान स्थल र ९३ मतदान केन्द रहेका छ । त्यसैगरी प्रदेशसभा (ख) मा ४६ मतदान स्थल र ९८ मतदान केन्द्र रहेको छ ।
मंसिरको महिना भएकाले अधिकांश मतदाताहरु बालिभित्र्याउने चटारोमा रहेका कारण निर्वाचनमा मतदाताको कम सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयको अनुमान छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित उम्मेदवारहरुले जनअपेक्षा अनुसारको काम नगरेको कारणले पनि मतदाताहरुमा उत्साह घटेको नगरपालीका १ का मतदाता महेश कार्कीले बताए ।
एक प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको रामेछापमा कुल ११ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेका छन् ।

प्रतिकृया

Add