पश्चिम रुकुममा पड्कियो पाँच वटा बम

 आइतवार, मंसिर १०, २०७४ | onlinenews

रुकुम– पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाका –७, मा रहेको मनकामना आधाभूत विद्यालय चुर्तीपाखा मतदानस्थल र वडा नम्बर –८, बयलडाँडामा रहेको बयलीगाउँ मतदान केन्द्र नजिकै बम विस्फोट गराइएको छ ।
वम विष्फोट भए पनि मतदान भने रोकिएको छैन । मतदानलाई प्रभावित बनाउन वम विष्फोट गराइएको हुनसक्ने बताइएको छ । बयलीगाउँ मतदान स्थलका मतदान अधिकृत भिमबहादुर बुढाथोकीले शान्तिपूर्वक मतदान चलिरहेको बताए ।
चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचवटा बम विष्फोट गराइएकोे स्थानीयबासिन्दाले जनाएका छन् । तर, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी viagra pas cher नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जिल्लाका सबै मतदान स्थालमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताए । वाम विष्फोट विप्लव माओवादीले गराएको हुनसक्ने आशंका गरिए पनि बम विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

प्रतिकृया

Add