तिङ्लावासी अझै आएनन भोट हाल्न

 आइतवार, मंसिर १०, २०७४ | onlinenews

सोलुखुम्बु– स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलन स्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको तिङ्लावासीले प्रतिनिधिसभा तथा प्रदेशसभामा पनि भोट हाल्न आएका छैनन् ।
प्रदेश तथा प्रतिनिधिसभाको सदस्य निर्वाचित गर्नको लागि मतदान चलिरहँदा आइतबार मध्यान्हसम्म पनि सोलुखुम्बुका तिङ्लावासी मतदान गर्न आएका छैनन् ।
तिङ्लामा रहेका पाँचवटै मतदान केन्द्रमा मध्यान्हसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि मतदाता मतदानका लागि केन्द्रमा कोही पनि नपुगेको बताइएको छ ।
यता, सोलुखुम्बुमा बिहान ७ बजेदेखि नै शुरु भएको थियो । जिल्लाका १ सय २५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दए ।

प्रतिकृया

Add