ढुवानी ब्यवसायिको आन्दोलन स्थगित

 मङ्लबार, मंसिर १२, २०७४ | onlinenews

रामेछाप– रुट परमिटको विषयलाई लिएर आन्दोलीत बनेको रामेछापको ढुवानी ब्यवसायिले तत्कालको लागि आन्दोलन स्थागित गरेका छन् ।
यही मंसिर १ गतेदेखि ढुवानीका सबै साधनहरु बन्द गरेर आन्दोलनमा उत्रिएका रामेछाप र सिन्धुलीका ढुवानी ब्यवसायिहरुले दोश्रो चरणको निर्वाचन र स्थानीय उपभोक्ताको हितलाई ध्यानमा राखि तत्कालको लागि आन्दोलन फिर्ता गरेको ब्यवसायिहरुले बताएका छन् ।
तामाकोसी ढुवानी सेवा समितिले मंगलबार साँझ एक विज्ञप्ति प्रकाशित गरि आन्दोला स्थागित गरिएको जानकारी गराएको हो ।
२०७४ साल मंसिर १ गतेदेखि विपीराजमार्ग अन्तर्गत बनेपा–बर्दिबास सडक अण्ड अन्तर्गत पर्ने खुर्कोट–सिन्धुली खण्डको ३८ किलोमिटर सडकमा यातायात ब्यवस्था विभागले ठूला मालबाह सवारी साधन गुडाउँन रोक लगाउँदै आएको छ ।
विपी राजमार्ग अन्तर्गत बर्दिबास–बनेका सडक खण्डमा पर्ने अन्य भागमा ठूला ढुवानीका साधन सञ्चालनको लागि अनुमति दिएको भए पनि सिन्धुली–खुर्कोट खडक खण्डको ३८ किलो मिटरमा भने रोक लगाएको छ ।
सो सडक खण्डमा पटक–पटक विवाद हुँदै आएको छ । यस पटक भने यातायता ब्यवस्था विभागबाट खटिएका कर्मचारीले रामेछापमा आउँने मालवाहक सवारी साधनको कागज–पत्र समेत जफत गरिदिएपछि ब्यवसायिहरु ओन्दोलीत भएका हुन् ।
तत्कालको लागि आन्दोलन फिर्ता गरिए पनि दोश्रो चरणको निर्वाचन सम्पन्न भएपछि आन्दोलनलाई सशक्त बनाउने तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्कीले बताए ।

प्रतिकृया

Add