मत पेटीका वुझाएर फर्कदा कर्मचारीको बाटैमा मृत्यु

 मङ्लबार, मंसिर १२, २०७४ | onlinenews

रामेछाप- मंसिर १० गतेको निर्वाचनको मतपेटिका वुझाएर घर फर्कदै गर्दा एक जना कर्मचारीको बाटोमै मृत्यु भएको छ । उमाकुण्ड गाउँपालीका २ को सिद्देश्वर मावि लुवु मतदान केन्दका सहायक कर्मचारी टंक गौतमका सोमबार साँझ घर फर्कदै गर्दा हृदयघातका कारण मृत्युृ भएको हो ।
निर्वाचनको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा वुझाएर घर हिडेका गौतम दोरम्बा गाउँपालीका ५ को अर्चले चउरमा पुगेपछि भुईमा लडेर वेहोस भएका थिए । उनको घटना स्थलमानै मृत्यु भएको सोहि वडाका वडाअध्यक्ष चण्डेश्वर चौलागाईले जानकारी दिए । मृतक गौतम् सतलिङ्गेश्वर मावि गुन्सीमा कार्यरत निमावि शिक्षक हुन् ।

प्रतिकृया

Add