लैंगिक हिंसा विरुद्धको अभियानमा मोटरसाइकल ¥याली

 मङ्लबार, मंसिर १२, २०७४ | onlinenews

रामेछाप-लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मंगलबार चौथो दिन रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकल ¥याली निकालिएको छ । जिल्ला समन्वय सतिति रामेछापको प्राङ्गणबाट सुरु भएको ¥याली बसपार्क, तामाकोसी पुल, सुकाजोर खेला, मछेडाँडी हुँदै देवकोटा चोकमा आई टुङ्गिएको थियो ।
विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, अधिकारकर्मी लगायत स्वस्फुर्त अभियान्ताहरु ५६ वटा मोटरसाइकल र ४ वटा स्कुटरमा सहभागी थिए ।
¥यालीमा सहभागिहरुले राष्ट्रिय नारा “लैंङ्गिक हिंसा अन्त्यको लागि सबै जुटौः कोही नछुटौ”ं लेखिएको फ्ल्याक्स स्टिकर र सन्देशमुलक प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए ।
लैंङ्गिक हिंसाको दृष्टिले संवेदनशील मानिने रामेछाप जिल्लामा अघिल्ला वर्षहरुमा महिलाहरुकोे सहभागिता बढी देखिए पनि यस वर्षको ¥यालीमा भने पुरुषहरुको दोब्बर सहभागिता रहेको थियो ।
लैङ्गिकताको सवाल केवल महिलाको मात्र नभएर सामाजिक समस्या भएकाले पुरुषहरुको पनि सहभागिता गराउने उद्देश्यले मोटरसाइकल ¥याली आयोजना गरिएको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले बताइन ।
यसैगरी हाम्रो अनलाईन न्युजसँग प्रतिकृया दिँदै गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा, रामेछापका अध्यक्ष मिलनकुमार घिसिङले ¥यालीबाट लैंङ्गिक सवालमा पुरुषहरु पनि संवेदनशील देखिएको र साथ सहयोग समेत रहेको सन्देश दिन सफल भएको बताए ।
महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैंरसरकारी संघसंस्थासँग बसेको बैठकको निर्णय अनुसार उक्त ¥याली निकालिएको थियो ।
कहिलेबाट मनाउन थालियो लैङ्गिक हिंसा विरुद्धको दिवस
महिला विरुद्ध भइरहेको हिंसा, विभेद एवं अन्याय अन्त्य गर्न संचालन हुने विभिन्न अभियान मध्ये अन्तराष्ट्रिय रुपमा मनाउने गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान नोभेम्बर २५ देखि १० डिसेम्बर सम्म संचालन हुनेछ ।
३ जना डोमिनिकन नागरिक पेट्रिया, मिनर्भा र मारिया विवाहिता दिदीवहिनीहरुले सन् १९५० को दशकमा तानाशाही त्रुजिलो शासकका विरुद्ध लडेका थिए ।
३० वर्ष शासन गरेका त्रुजिलो तानाशाही शासनका विरुद्ध चलेको नागरिक आन्दोलनको कडा दमन विरुद्ध ३ दिदीवहिनीहरु लगायत उनीहरुको श्रीमान्हरु पनि सशक्त रुपमा लागेका थिए ।
आन्दोलनलाई दवाउने क्रममा जेल परेका आफ्ना श्रीमान्लाई भेटेर फर्किरहेको वेला त्रुजिलो शासनले गाडी चालक सहित ३ जना शान्ति तथा अधिकारकर्मी दिदीवहिनीहरुको सन् १९६० नोभेम्बर २५ को साँझ निर्ममतापूर्वक हत्या भएको थियो ।
जसको कारण त्रुजिलो शासन पतन भएको थियो । यसरी ३ अधिकार कर्मी मिरावल दिदीवहिनीहरुको सम्झना र सम्मान स्वरुप संयुक्त राष्ट्र संघले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालमा यस अभियानको थालनी सन् २००४ देखि सुरु गरिएको हो । यसपछि विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम संचालन गरी वर्षेनी मनाउँदै आएका छन् ।
नोभेम्बर २५ जस्तै डिसेम्बर १० का दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस पनि महत्वपूर्ण छ । यी दुई दिवसको बीचमा महिला मानव अधिकार रक्षक दिवस, विश्व एच आई भी एड्स दिवस, अन्तर्राष्ट्रिय नागरिक उड्ययन दिवस, भ्रष्टचार विरुद्धको अन्तराष्ट्रिय दिवस लगायतका दिवसहरु पर्ने भएकाले यसलाई १६ दिवसीय अभियानको रुपमा मान्न थालिएको हो ।
विश्वव्यापी रुपमा मनाउन सुरु गरिएको यो अभियानको मुख्य उद्देश्य महिला विरुद्ध हुने सवै प्रकारका हिंसा अन्त्य गर्नु हो । लैंगिक हिंसा विरुद्ध जनचेतना जगाउने र महिला विरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने उद्देश्य सहित यो अभियान सुरु गरिएको थियो ।
यसका साथै महिला अधिकारका लागि भएको आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गरी व्यवहारमा कार्यान्वयन गर्नु गराउनु र सबै क्षेत्रका महिला पुरुषबीच ऐक्यवद्धताका लागि वातावरण बनाउनु यो अभियानको अर्को उद्देश्य रहेको महिला अधिकारकर्मीहरुको भनाई छ ।

प्रतिकृया

Add