बम विष्फोटमा परि उदयपुरमा कांग्रेस उम्मेदवारसहित ४ घाइते

 बुधबार, मंसिर १३, २०७४ | onlinenews

उदयपुरमा बम विष्फोटमा परि काँग्रेसका उम्मेदवारसहित ४ जना घाइते भएका छन् । बुधबार बिहान उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट भएको हो ।
विष्फोटमा पनि उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सख्त घाइते भएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार विस्फोटमा परी धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता हुन् । बम विस्फोटलगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।
चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार ग¥यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया

Add