लिखु गाउँपालिकाले १५ गते लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्ने

 बिहिबार, मंसिर १४, २०७४ | onlinenews

रामेछाप– लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तर्गत लिखु गाउँपालिकाले शुक्रबार विविध कार्यक्रम गर्ने https://www.cialissansordonnancefr24.com/generique-cialis/ भएको छ ।
लिखु गाउपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक दीपशिखा दाहालको अध्याक्षतमा बुधबार बसेको बैठकले लैङ्गिक हिंसा विरुद्धको दिवस मनाउने निर्णय गरेको हो ।
लिखु गाउँपालिकाका अन्तर्गतका सबै वडामा सन्देश मूलक फ्लेक्स बोर्ड राख्ने र मंसिर १५ गते शुक्रबार दिउसो प्लेकार्ड सहित झट्टेश्वर माध्यमिक विद्यालय धोबीको प्राङ्गणबाट ¥याली निकाली धोबि बजार परिक्रमा गर्ने बैठकले निर्णय गरेको छ ।
¥याली बजार परिक्रमा गरि पुनः विद्यालय पाङगणमा पुगि औपचारिक कार्यक्रम गर्ने बताइएको छ । लैङ्गिक हिंसाका बारेमा प्रवचन, महिलाहरुबीच मैत्रिपूर्ण म्यूजिकल चियर्स प्रतियोगिता समेत आयोजना गरिने छ ।
यसअघि न्यायमा पहुँच परियोजना मार्फत आत्मरक्षा तालिम लिएका किशोरीहरुद्धारा उनीहरुले सिकेका खेल प्रदर्शन गर्नेछन् । नागदह र बिजुलीकोटका थप १०÷१० जना किशोरीहका लागि आत्मरक्षा तालिमको उदघाटन गर्ने कार्यक्रम रहेको पनि लिखु गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी लिखु गाउँपालिका–२ सैपुमा पनि अन्तरक्रिया कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको बताइएको छ । महिला तथा बालबालिकाको कार्यालय र लिखु गाउपालिकाले संयुक्त आयोजना गर्ने सो कार्यक्रको लागि न्यायमा पहुँच परियोजना र सबल रामेछापले सयोग गर्नेछन् ।

प्रतिकृया

Add