प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
रामेछाप- रामेछाप जिल्लाको लिखु गाउँपालिका–२ सैपुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
शनिबार लिखु गाउँपालिकाको सैपुमा लैङ्गिक हिंसा नियन्त्रणमा सरोकारवालाको भूमिका विषयक अन्तक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी नानिमैया कार्कीले गाउँमा अत्याधिक मात्रामा महिला हिंसा हुन सक्ने भएकाले हिंसा सहेर नबसी सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरिन् ।
सो वडाका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष पदम तामाङले लैङ्गिक हिंसा पुरुषको तुलनामा महिलामाथि बढि हुने गरेको भन्दै हिंसा अन्त्य गर्न सबै सरोकार वालाहरुको ध्यान जानुपर्ने बताए ।
गाउँमा घरेलु हिंसा बाक्लै हुने गरेको पाइएको भन्दै पीडिले सम्बन्धि निकायमा उजुरी लिएर https://www.cialissansordonnancefr24.com/cialis-20mg-prix/ जान नसक्दा हिंसा नदेखिएको बताए । हिंसामा परेकाहरुले हिंसा सहेर नबस्न पनि उनले वडाबासीलाई आग्रह गरे ।
यदि कोही हिंसामा परेको छ भने सिधै वडा कार्यालयमा निवेदन लिएर आउन आग्रह गर्दै हिंसा गर्ने जोसुकैलाई कडा कारबाही गर्ने पनि बताए ।
महिला तथा बालबालिका कार्यालय रामेछाप लिखु गाउँपालिकाको आयोजना तथा न्यायमा पहुँच परियोजना र सवलको सहयोगमा आयोजीत सो कार्यक्रममा शहीद स्मृति माध्यामिक विद्यालय सैपुकी प्रधानाध्यापक सन्ध्या पौडेल, बाल क्वलका पदाधिकारी लगायतले लैङ्गिक हिंसा अन्त्यका लागि सबैजना लाग्नु पर्नेमा जोड दिएका थिए ।