कोशिषको अध्यक्षमा पुनः महोन बस्नेत

 आइतवार, मंसिर १७, २०७४ | onlinenews

कोशिष कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः मोहन बहादुर बस्नेत चयन भएका छन् । शनिबार सम्पन्न भएको चौथो वार्षिक साधारण सभा तथा पहिलो जिल्ला अधिवेशनले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा बिरबहादुर माझी र कबिता श्रेष्ठ सचिव रहेको ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।
मन्थली, भटौली, चिसापानी, तिल्पुङ्ग, खनियापानी लगायतका अपाङ्गता भएका १ सय ६५ जना शेयर सदस्य मार्फत सञ्चालनमा ल्याइएको सो कृषि सहकारी संस्थाको ३५ लाख बरावरको आयब्यय विवरण सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा लेप्रोसि मिसन नेपालका कार्यक्रम संयोजक सन्तोष सुनुवार, जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष हिमाल ढुङ्गेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, अपाङ्ग सचेतना केन्द्रका अध्यक्ष बद्रि नयाँघरे, लेप्रोसी मिसनका नाति देशाल, पत्रकार दीपक भट्ट लगायतले मन्तब्य राखेका थिए । कृषि सहकारीले कृषिको क्षेत्रमा बढाई पर्याप्त मात्रामा कृषिजन्य बस्तु उत्पादन गरेर सहकारी मार्फत नै बजारमा ल्याउनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

प्रतिकृया

Add