८२ वर्षका कृष्णको भोट हाल्ने सपना अधुरै

 बिहिबार, मंसिर २१, २०७४ | onlinenews

२१ मंसिर २०७४ काभ्रे– काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ ।
बिहान सबेरै मतदान गर्न मतदान केन्द्र पुगेका उनी बेहोस भएर ढलेका थिए । बनेपा ४ नालाका उनलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्रसम्म लगेका थिए ।
मतदान स्थलको प्रवेशद्धारमा सुरक्षा चेकजाँच सकेर भित्र पसेका कर्माचार्य हरियो मतपत्र हातमा लिनै लाग्दा बेहोस भएर ढलेका थिए । त्यसपछि उनी नउठेको छोरा रामगोपालले बताए ।
स्थानीय तहको निर्वाचनमा भोट खसालेका कृष्ण,प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भोट खसाल्ने अथाह चाहना सहित मतदान केन्द्रमा पुगेका थिए । तर, उनको चाहना अधुरै रहयो । मतदान केन्द्रमै उनले प्राण त्यागे ।

प्रतिकृया

Add