रामेछापमा वामगठबन्धनको आग्रता कायमै

 शुक्रबार, मंसिर २२, २०७४ | onlinenews

रामेछाप जिल्लाको प्रतिनिधि तथा प्रदेशसभा दुबैमा वामगठबन्धनले अग्रता कायमै राखेकोे छ ।
पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका तर्फबाट प्रतिनिधिसमा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठको ५ हजार ६ सय २१ मत रहेको छ भने तोकतान्त्रिक गठबन्धनका पूर्णबहादुर तामाङको ३ हजार ५ सय ९८ मत रहेको छ । प्रतिनिधिसभामा वामगठबन्धनले २ हजार २३ मतले अग्रता लिएको छ ।
त्यसैगरी प्रदेशसभा ‘क’ मा वामगठबन्धनका उम्मेदवार शान्तिप्रसाद पौडेलको ४ हजार ८ सय ७३ मत रहेको छ भने उनको प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका रत्नबहादुर कार्कीको २ हजार ७ सय ५५ मत रहेको छ ।
प्रदेशसभा ‘ख’ का वामगठबन्धनका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३ हजार ९ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितबहादुर थापामगरको १ हजार १ सय ३७ मत रहेको छ ।
मत परिणामअनुसार रामेछापको प्रदेशसभा ‘क’ मा वामगठबन्धले २ हजार ५७ मतले अग्रता लिएको छ भने प्रदेशसभा ‘ख’ मा २ हजार ५ सय ८२ मतले अग्रता लिएको छ ।

प्रतिकृया

Add