श्यामकुमारको दुई हजारको अग्रता

 शुक्रबार, मंसिर २२, २०७४ | onlinenews

रामेछाप -रामेछाप जिल्लाको प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले २ हजार २३ मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार वामगठबन्धने साझा उम्मेदवार नेकपा मओवादीका नेता तथा विनाविभागीय मन्त्री समेत रहेका श्रेष्ठको ५ हजार ६ सय २१ मत रहेको छ ।
उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङको ३ हजार ५ सय ९८ मत रहेको छ । पछिल्ला मत परिणामअनुसार श्रेष्ठले आफ्ना प्रतिस्पर्धी पूर्णबहादुर तामाङलाई २ हजार २३ मतले डिल गरिरहेका छन् ।

प्रतिकृया

Add