मंसिरे मासमा चम्कियो घाम, रामेछापको तिनै सिटमा अघिअघि वाम

 शुक्रबार, मंसिर २२, २०७४ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको प्रदेशसभामा ‘ख’ बाट वामगठबन्धनको लागि अनौठो नतिजा आएको छ । निर्वाचन पहिलेनै वामगठबन्धन रामेछाप प्रदेशसभा ‘ख’का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले झिनो मतले जित हासिल गर्ने आँकल गएिको थियो ।
तर, निर्वाचन मत परिणामले त्यसको ठीक उल्टो नतिजा दिइरहेको छ । वामगठबन्धन रामेछाप प्रदेशसभा ‘ख’ का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितबहादुर मगरलाई ३ हजार ७ सय ५१ मतले पछि पारेका छन् ।
यो सोचेको भन्दा बढि मत आएको वामगठबन्धनको भनाई छ । २ नम्बर प्रदेशमा यति राम्रो मत वामगठबन्धनको पक्षमा आउला भन्ने नसोचेको वामगठबन्धनका नेताहरुको भनाई ।
पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका साझा उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलको ६ हजार ७ सय ४५ मत रहेको छ । त्यसैगरी उनको प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितबहादुर मगरको २ हजार ७ सय ४५ रहेको छ ।
रामेछापको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा पनि वाम गठबन्धनले फराकिलो मतान्तरले अग्रता लिइरहेको छ ।

प्रतिकृया

Add