श्याम र पूर्णबहादुरको गति एउटै

 शनिबार, मंसिर २३, २०७४ | onlinenews

रामेछाप जिल्लाको प्रतिनिधिसभाको प्रतिस्पर्धी वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठलाई लोकतान्त्रिक गठबन्धनका पूर्णबहादुर तामाङले पछ्याइरहेका छन् ।
मत गणनाको सुरुवात देखिनै अगाडि लागेको श्यामुकमार श्रेष्ठलाई अहिलेसम्म पूर्णबहादुर तामाङले भेटाउन सकेका छैनन् । २ हजारको मतान्तरसम्म छिटोछिटो गति लिएको श्यामकुमार श्रेष्ठलाई अहिलेसम्म पूर्णबहादुरले ३ हजारको मतान्तर कट्न दिएका छैनन् भने दुई हजार भन्दा तल झार्न पनि सकिरहेको छैन् ।
२४ घण्टादेखि श्यामकुमार र पूर्णबहादुरको मतान्तरण २ हजारमाथि र ३ हजार भन्दा तलको बीचमा प्रतिस्पर्धा भइरहेको छ । दुई हजार मतान्तरबाट उकालो लागेपछि लोकतान्त्रिकका उम्मेदवार पूर्णबहादुरले वामगठबन्धनका श्यामकुमारलाई एउटै गतिमा पछ्याइरहेका छन् । अहिले श्यामकुमार र पूर्णबहादुरको मतान्तर २ हजार ८ सय रहेको छ ।
पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठको १६ हजार १ सय ३४ मत रहेको छ भने उनका प्रतिपस्र्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङको १३ हजार ३ सय ३४ मत रहेको छ ।

प्रतिकृया

Add