रामेछाप प्रदेशसभा ‘ख’ मा ढुङ्गेल दोम्बर मतले अघि

 शनिबार, मंसिर २३, २०७४ | onlinenews

रामेछाप जिल्लाको प्रदेशसभामा ‘ख’ मा वामगठबन्धन उम्मेदवार कैलासप्रसाद ढुङ्गेलले लोकतान्त्रिक गठबन्धका उम्मेदवारलाई दोब्बर मतले पछि पारेका छन् ।
ढुङ्गेलले उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितबहादुर थापामगरलाई पराकिलो अन्तरले पछाडि छोडेको हो । करिब ४५ हजार मत खसेको रामेछापको प्रदेशसभा ‘ख’ मा २० हजार ८ सय १९ मत गणना सकिदा ढुङ्गेल ५ हजार ८ सय ९३ मतले अघि रहेका छन् ।
पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका साझा उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलको १२ हजार ५ सय २६ मत रहेको छ भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितबहादुर मगरले ६ हजार ६ सय ३३ मत प्राप्त गरेका छन् ।

प्रतिकृया

Add