बेतालीबाट आयो बामगठबन्धनलाई दुखलाग्दो खवर, आफ्नै गडमा कम भोट

 शनिबार, मंसिर २३, २०७४ | onlinenews

राजिव कार्की


रामेछाप– मंसिर १० गते सम्पन्न भएको संघ र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा रामेछापमा बामगठबन्धनको पकडक्षेत्र मानिएकै ठाउँमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले धेरै भोट पाएका छन् ।
प्रदेश सभा १ अन्तर्गतको नामाडी, बेतालीलगायतका ठाउँको मतगणना भइसक्दा कांग्रेसका कान्छारामले वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठको भन्दा बढि भोट पाएका हुन् । जुन ठाउँ नेकपा एमालेको गड मानिन्छ । रामेछापको प्रदेशसभा १ का उम्मेदवार तथा एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको गाउँ पनि सोही क्षेत्रमा पर्छ , बेतालीबाट काँग्रेसका उम्मेदवार कान्छाराले ९ सय ८७ मत पाउँदा, वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले ८ सय ३१ मतमात्र पाएका छन् ।
नामाडीमा पनि काँग्रेसका उम्मेदवारले प्रतिनिधि सभाको लागि ८ सय ६३ मत पाएका छन् त्यहाँ वामगठबन्धनका उम्मेदवारको ६ सय ८७ मतमत्रै रहेको छ ।
यद्यपि अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार रामेछापका तिनओटै सिटमा वामगठबन्धनका उम्मेदवार नै अगाडी छन् । प्रतिनिधि सभाका लागि वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठको १७ हजार २ सय २३ मत छ भने काँग्रेसका पूर्णबहादुर तामाङको १४ हजार ६ सय १६ मत छ ।

प्रतिकृया

Add