३० घण्टापछि लम्कियो श्याम

 शनिबार, मंसिर २३, २०७४ | onlinenews

रामेछाप जिल्लाको प्रतिनिधिसभा वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले ३० घण्टापछि उनका प्रतिपस्र्धी लोकतान्त्रिक गठबन्धनका पूर्णबहादुर तामाङसँगको मतान्तरलाई निकै फराकिलो पारेका छन् ।
मत गणनाको सुरुवात देखिनै अगाडि लागेका श्यामुकमार श्रेष्ठले पूर्णबहादुर तामाङलाई फराकिलो अन्तरले पछि पारेका हुन । २ हजारको मतान्तरसम्म छिटोछिटो गति लिएको श्यामकुमार श्रेष्ठलाई पूर्णबहादुर तामाङले ३० घण्टासम्म एउटै गतिमा पछ्याइरहेका थिए ।
२ हजारबाट उकाले लागेपछि श्रेष्ठलाई तीन हजारको मतान्तर भन्दा तलै रोकेका तामाङको ३० घण्टापछि भने केही लागेन । श्यामकुमारले तामाङसँगको मतान्तरलाई एकैचोटी ह्यात्तै बढायोे ।
अहिले श्रेष्ठ र तामाङको मतान्तर ४ हजार २ सय ७२ रहेको छ । पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठको २० हजार १ सय ४६ मत रहेको छ भने उनका प्रतिपस्र्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङको १५ हजार ८ सय ७७ मत रहेको छ ।

प्रतिकृया

Add