रामेछापमा बदर मतको संख्या बढ्दो, अहिलेसम्म साँढे ४ हजार मत बदर

 शनिबार, मंसिर २३, २०७४ | onlinenews

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मत गणना जारी रहेको रामेछाप जिल्लामा बदर मतको संख्या निकै बढेको छ ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा प्रतिनिधिसभा तर्फ ३८ हजार ९ सय ४२ मत गन्दा २ हजार ७३ मत बदर भएको छ ।
त्यसैगरी प्रदेशसभा ‘क’मा १९ हजार ४ सय ८८ मत गन्दा १ हजार ४ सय ५३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय रामेछापले जानकारी दिएको छ ।
प्रदेशसभा ‘ख’ मा २६ हजार ६ सय ३९ मत गणना गर्दा १ हजार ४२ मत बदर भएको छ । मत गणनासँगै बदर मतको संख्या पनि तीब्र रुपमा बढ्दै गइरहेको छ ।
सरकारले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको स्थानीय बुद्धिजीविहरुको आरोप छ । निर्वाचन कार्यालयले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसकेको र राजनीतिक दलहरुले पनि मतदातालाई भोट हाल्न नसिकाएको स्थानीय बताउँछन् ।
राजनीतिक दलहरुले मतदातालाई भोट हाल्न सिकाउने भन्दा पनि भोट माग्ने काममा मात्र ध्यान दिएकोले पनि मत बढि बदर भएको स्थानीय बताउँछन् ।

प्रतिकृया

Add