रामेछापबाट काँग्रेसलाई अर्को झड्का, प्रतिनिधिसभामा श्यामकुमार विजयी

 आइतवार, मंसिर २४, २०७४ | onlinenews

रामेछाप जिल्लाबाट नेपाली काँग्रेसलाई अर्को झड्का लागेको छ । रामेछापको प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले जित्ने काँग्रेसको लिष्टमा रहेको रामेछापको प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ विजयी भएपछि काँग्रेसलाई ठूलै झड्का लागेको हो ।
प्राप्त मत परिणाम अनुसार श्यामकुमार श्रेष्ठ काँग्रेसका पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै विजय भएका हुन् । प्रतिनिधिसभाको मत गनिसक्दा श्यामकुमार श्रेष्ठले ४२ हजार १ सय ७७ मत प्राप्त गरेका छन् भने पूर्णबहादुर तामाङले ३५ हजार ७ सय ७१ मत पाएका छन् ।

प्रतिकृया

Add