स्थानीय तहको चुनावको घोषणासँगै रामेछापबासी उत्साहित

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप÷ सरकारले आगामी वैशाख ३१ गतेको लागि स्थानीय तहको चुनवको मिति घोषणा गरेसँगै रामेछापबासीमा उत्साह छाएको छ । १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन हुने भएपछि रामेछापबासी उत्साहित भएका हुन् ।
स्थानीय तहको निर्वाचन भएपछि जिल्लामा विकास निर्माणको कामले गति लिने स्थानीयको विश्वास छ । स्थानीय तह जनप्रतिनिधि बिहीन भएकाले राजनीति दलले पहुँचको आधारमा भगबण्डा गर्दा विकास निर्माणमा अनियमितता बढ्दै गएको छ ।
विकास निर्माणको कामलाई पहुँचको आधारमा राजनीतिक भागबण्डा गर्दा विकास निर्माणको नाममा भ्रष्टाचार र अनियमितता मौलाएको छ । भ्रष्टाचार र अनियमितताको अन्त्य गर्नको लागि पनि स्थानीय तहको निर्वाचन गराउँन आवश्यक रहेको स्थानीयको भनाई छ ।
स्थानीय स्तरमा जनता आफैले चुनेको प्रतिनिधि नहुँदा विकास निर्माणको काम प्रभावित भएको भन्दै गाउँ र जिल्लाको विकासको लागि पनि निर्वाचनको आवश्यकता रहेको स्थानीय बताउँछन् ।
स्थानीय तहमा जनताले चुनेको प्रतिनिधि नहुँदा कर्मचारीले मनपरी तन्त्र चलाएको र चुनावले मनपरी तन्त्रको अन्त्य गर्नेमा स्थानीय विश्वस्त छन् । र, स्थानीयलाई २०७४ साल वैशाख ३१ गत कहिले आउलाजस्तो भएको छ ।
जिल्ला निर्वाचन कर्यालय रामेछाप पनि आगामी २०७४ साल वैशाख ३१ गतेको लागि सरकारले तोकेको मितिमा निर्वाचन गराउँ सक्षम रहेको निमित्त जिल्ला निर्वाचन अधिकारी सुमन पन्थलीले बताए ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै स्थानीय स्तरमा समन्वयनको काम सुरु भइसकेको पन्थलीले बताए । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार जिल्लामा फोटो सहितको मतदाता लिष्टमा नाम दर्ता गराउनेको संख्या १ लाख ३७ हजार ९ सय ६४ जना रहेको छ । जसमध्य पुरुष ६८ हजार २ सय ३४, महिला ६९ हजार ७ सय २७ र तेश्रो लिङ्गि ३ जना रहेको छ ।
१८ वर्ष उमेर पुगेकाले मात्र मतादन गर्न पाउँने भएकाले मतदाता संख्या भने घट्न सक्ने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएकै दिनदेखि नयाँ मतदाता नामावली दर्ता गराउने कार्य भने बन्द गरिसकेको छ ।
निर्वाचन आयोगको निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालयले फागुन १७ गतेदेखि २१ गतेसम्म दावि विरोधको कार्यक्रम सञ्चालन गर्ने र सो अवधिमा मतदाताले आफ्नो गुनासो राख्न सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया

Add