रामेछापमा कान्छारामलाई मालाको खात,श्यामकुमारलाई जनताको साथ

 आइतवार, मंसिर २४, २०७४ | onlinenews

राजिव कार्की


रामेछाप- मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रामेछापमा बामगठबन्धनले क्लिनस्वीप गरेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा तिन ओटै सिटमा वामगठबन्धनका उम्मेदवारहरु भारि मतान्तरले विजयी भएका छन् ।
प्रतिनिधिसभातर्फ बामगठबन्धनका साझा उम्मेदवार, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ ६ हजारभन्दा बढिको मतान्तरसहित विजयी भएका छन् । श्रेष्ठले ४२ हजार १ सय ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले ३५ हजार ७ सय ७१ मत पाएका छन् ।
यसअघि रामेछापका सबै क्षेत्रमा नेपाली कांग्रेसले जित्ने सो पार्टीको दावी रहेको थियो । चुनावि प्रचारका क्रममा प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर तामाङलाई जिल्लाको दिमीपोखरीमा ५२ किलो र माकादुममा ८५ किलोको मालाले स्वागत गरिएको भनेर प्रचार गरिएको थियो ।
जनताको साथ र सहानुभूतिले आपूmले चुनाव जित्ने दावी गर्दै आएका तामाङ अन्तत माओवादीका श्याकुमारसँग ६ हजार ३ सय ४६ मतान्तरले पराजित हुन पुगे । निर्वानको अन्तिम परिणाम सार्वजनिक हुनुअघि चुनावी प्रचारकै क्रममा मालाको खातैखातले सजिएर चुनाव जिते स्काभेटर र एम्वुलेन्स सहयोग गर्ने बचन दिदै आएका तामाङलाई रामेछापेली जनताले पत्याउन सकेनन् ।
यसअघि पनि २ नम्वर क्षेत्रबाट सांसदमा निर्वाचित हुदै राज्यमन्त्री समेत भइसकेका माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ यसपटक पनि रामेछापका जनताको साथसँगै प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका छन् । अब उनको यात्रा रामेछापको प्रतिनिधित्व गर्दै केन्द्रिय सांसदको रुपमा रहनेछ ।
रामेछापको प्रदेशसभामा पनि वामगठबन्धनकै उम्मेदवार विजयी भएका छन् । प्रदेश ‘क’ मा एमालेका जिल्ला अध्यक्ष समेत रहेका शान्तिप्रसाद पौडेल विजयी भएका छन् । उनले २३ हजार ३ सय ६९ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार रत्नबहादुर कार्कीले १६ हजार १ सय ५८ मत पाएका छन् । पौडेलले कार्कीलाई ६ हजार २ सय ११ मतको अन्तरले पराजित गरेका हुन ।
रामेछापको प्रदेश ‘ख’ मा पनि एमालेकै कैलाशप्रसाद ढुङ्गेल भारि मतान्तरले विजयी भएका छन् । ढुङ्गेलले २६ हजार ९ सय ३५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जितबहादुर थापामगरले १४ हजार ७ सय २९ मत ल्याएका छन् । मतगणनाको सुरुवातीदेखि नै काँग्रेका उम्मेदवारलाई भारि मतलेपछि पारेका ढुङ्गेलले काँग्रेसका उम्मेदवार थापामगरलाई १२ हजार २ सय ६ मतान्तरले पराजित गरेका हुन । तिनओटै सिटमा जित हाँसिल गरेसँगै बामगठबन्धनकले रामेछापलाई आफनो किल्ला बनाएको छ ।

प्रतिकृया

Add