सृजना चितवन पुगिन प्रचण्डलाई बधाई दिन

 सोमवार, मंसिर २५, २०७४ | onlinenews

चितवन÷ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा निर्वाचन भएपछि प्रकाश पत्नी सृजना ससुरालाई बधाई दिन चितवन पुगेकी छन् ।
चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पुत्र वियोगका दुःखका बीच पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुसीको क्षण बनेको छ ।
उनको जीतले प्रचण्डको परिवारलाई पुनः एक ठाउँमा ल्याएको छ । सोमबार दिउँसो छोरी रेणु दाहालले पूरा परिवारले प्रचण्डलाई बधाई दिएको तस्वीर सार्वजनिक गरेकी थिइन् ।
चुनावी अभियानमा कास्कीमा खटिएकी दिवंगत प्रकाश दाहालकी जेठी पत्नी पनि सोमबार चितवन पुगेकी छन् । प्रकाशको निधनपछि छोरा प्रसिद्धलाई हजुरबुवा प्रचण्डसँग छाडेर कास्कीमा चुनावी अभियानमा होमिएकी सृजना आज चितवन पुगेर प्रचण्डलाई बधाई दिएकी हुन् ।

प्रतिकृया

Add