सिन्धुलीको ६ बटै सिटमा वामगठबन्धन

 मङ्लबार, मंसिर २६, २०७४ | onlinenews
Share this

सिन्धुली/  गत मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतीनिधि र प्रदेश सभाको निर्वाचनबाट सिन्धुली जिल्लाका ६ वटै सिटमा वामगठबन्धनका साझा उमेदवार विजयी भएका छन् ।
सिन्धुलीको प्रतिनिधिसभा १ बाट वामगठबन्धनका उम्मेदवार एमालेका गणेशकुमार पाहाडी र प्रतिनिधिसभा २ मा माओवादी केन्द्रका हरिबोलप्रसाद गजुरेल भारीमतले विजयी भएका छन् ।
हाडीले नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाललाई पछि पार्दै ३२ हजार ५ सय २९ मतका साथ विजयी भएका हुन् भने उनका निकट्तम प्रतिद्वन्दी दाहालले २२ हजार ३ सय ८९ मत मात्र प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा २ मा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व मन्त्री हरिबोलप्रसाद गजुरेल ३० हजार १ सय ७९ मतका ल्याएर विजयी भएका छन् । ‘उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मतअन्तरले पराजित गरेका हुन् ।
पूर्व कृषि मन्त्री गजुरेल र पहाडी जिल्लामा दोस्रो पटक जनताबाट अनुमोदीत भएका हुन् । दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेबाट निर्वाचित पहाडी र क्षेत्र नम्बर तीनबाट माओवादी केन्द्रबाट निर्वाचित गजुरेल संघीय निर्वाचनमा पुनः मतदाताबाट भारी मत अन्तरले दोस्रो पटक अनुमोदीत भएका हुन् ।
निर्वाचनमा पराजीत नेपाली कांग्रेसका दाहाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा कानुन व्यवसायी हुन् भने थापा पूर्व जिल्ला विकास समिति सभापति हुन् ।
कुल १ लाख ८१ हजार ५ सय १८ मतदाता रहेको सिन्धुली जिल्लामा १ लाख १५ हजार २ सय ९२ मत खसेको थियो ।
उता चारवटा प्रदेश सभा रहेको सिन्धुली जिल्लामा सबै सिट वामगठबन्धनकै उमेदवारले जित हात पारेका छन् ।
प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘क’ बाट वामगठबन्धनबाट माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । दाहालले १६ हजार ५ सय २४ मत ल्याई विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका गंगा गिरीले ११ हजार ९ मत प्राप्त गरेका थिए ।
प्रदेशसभा ‘ख’बाट पनि वामगठबन्धनका तर्फबाट एमालेका प्रदिपकुमार कटवाल विजयी भएका छन् । कटवाल १६ हजार ६ सय १२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका श्याम घिमिरेलाई ११ हजार ९ सय ५५ मत ल्याएका थिए ।
कटवाल नेकपा एमाले सिन्धुलीका जिल्ला अध्यक्ष हुन भने घिमिरे नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् ।
त्यसैगरी प्रितिनिधिसभा २ को प्रदेशसभा ‘क’ बाट वामगठबन्धका उम्मेदवार नेकपा एमालेका विनोदकुमार खड्का विजयी भएका छन् । खड्काले १७ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मनिक ढकालले ९ हजार ८ सय ५८ मत प्राप्त गरेका थिए ।
प्रदेशसभा ‘ख’ बाट वामगठबन्धनकै तर्फबाट माओवादी केन्द्रका बुद्धिमान माझी ‘वसन्त’ विजयी भएका छन् । माझीले १३ हजार ७ सय ४९ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका क्षेत्र बम्जनले ८ हजार ५ सय २३ मत ल्याएका छन् ।
जिल्लाका ६ वटै सिटमा वामगठबन्धनका उम्मेदवारले जितेपछि सोमबार सिन्धुलीमाढीमा भव्य विजयी जुलुस प्रदर्शन गरिएको थियो ।

Share this

प्रतिकृया

Add