काँग्रेसको पत्रकार सम्मेलन कस्ले के भने ? चुनाव हारे पनि जनतासँग गरेको प्रतिवद्धता पूरा गर्छु : कान्छाराम

 बिहिबार, मंसिर २८, २०७४ | onlinenews
Share this

प्रतिनिधिसभा रामेछापबाट पराजय भएका नेपाली काँग्रेसका उम्मेदवार कान्छाराम तामाङले आपूmले चुनाव हारे पनि भोट माग्ने क्रममा मतदातासँग गरेको बाचा पूरा गर्ने बताएका छन् ।
मतदातालाई धन्यवाद दिन बुधबार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । स्थानीय तहमा पार्टीलाई आएको मत भन्दा आपूmले ८ हजार ९ सय १९ मत बढाएको पनि तामाङले बताए ।
प्रतिनिधिसभाको निर्वाचनमा आपूmले ३५ हजार ७ सय ७१ मत ल्याएको र २ हजार भन्दा बढि खरुमा हालेको भोट बदर भएको भन्दै आपूmलाई मतदिने र मतदान प्रक्रियामा सहभागि भएर मतदान गर्ने सबै मतदाताहरुलाई उनले धन्यवाद दिए । उनले भने– म विपक्षी दलका साथीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
तामाङले भने–मैले पाएको मतको कदर गर्नेछु । ‘भोट माग्ने क्रममा मैल जनतासँग बाचा गरेका कुराहरु डायरीमा टिपेर राखेको छु, त्यो म पूरा गर्नेछु तामाङले भने ।’ ‘उनले थपे–मलाई जितको लागि ३ हजार १ सय ८९ भोट पुगेको छैन अबको तीन महिनाभित्र कान्छाराम तामाङलाई किन भोट दिएनछौं नि भन्ने बनाउने छु ।’
“मैले मतदातासँग बाचा गरेअनुसार अबको एक महिनाभित्र ६ वटा एम्बुलेन्स दिने छु र ३ महिनाभित्रमा मन्थलीमा एउटा शव बहान पनि दिनेछु” तामाङले भने ।
चुनाव हारे पनि रामेछापको जनतालाई परेको समस्या पार्टी नछुट्याई सहयोग गर्ने पनि उनले बताए । अर्को पाँच वर्षपछि हुने निर्वाचनमा आपूmले ५७ हजार मत ल्याएर जित्ने उनले विश्वास ब्यक्त गरे । जिल्लामा जितेकाहरुले भन्दा आपूmले ब्यक्तिगत रुपमा राम्रो काम गरेर देखाउँने पनि उनले बताएका छन् ।
रन्तबहादुर कार्की
प्रदेशसभा ‘क’ बाट पराजित भएका नेपाली काँग्रेसका उम्मेदवार रत्नबहादुर कार्कीले निर्वाचन परिणाम आइसकेपछि पनि वामपन्थी कार्यकर्ताहरुले काँग्रेसका मतदाताहरुलाई थर्काउने र धम्क्याउने काम गरेको बताए ।
उनले भने– ‘हाम्रा मतदाताहरुलाई थर्काउने र घर घेराहाल्ने काम भइरहेको छ म प्रशासनको ध्यानकर्षण गराउँन चाहन्छु ।’ च्यास्कूमा वामपन्थीबाट कुटिएर घाइते भएका आफ्ना कार्यकर्ताहरुले अझै न्याय नपाएको उनले बताए । दोषीलाई प्रहरीले नमातेको उनका भनाई छ ।
चुनावमा हारे पनि सम्मानजनक मत पाएको भन्दै आपूmलाई मतदान गर्ने मतदातालाई उनले धन्यवाद दिए । उनले भने– ‘हामीले निर्वाचन जित्ने स्वार्थ मात्रै राखेर उम्मेदवार बनेका थिएनौं, उम्मेदवार नहुँदा पनि मैले राम्रो सामाजिक कामहरु धेरै गरेको छु ।
वामगठबन्धनको कारण चुनाव हार्नु परे पनि कतिपय आफ्नै पार्टीभित्रका नेता कार्यकर्ताले समेत आपूmलाई नसघाएको उनले गुनासो गरे । ‘नेपाली काँग्रेसको पक्षमा नराम्रो रिजल्ट आउँछ कि भन्ने आँकलन हामीले निर्वाच पूर्व नै गरेका थियौँ उनले भने ।’
जितबहादुर थापामगर
प्रदेशसभा ‘ख’ पराजित भएका उम्मेदवार जितबहादुर थापामगरले जनताले सबैको कुरा सन्न र आपूmले चाहेको उम्मेदवालाई मतदान गर्न नपाएको बताए । काँग्रेसको संगठन कम्जोर हुनुनै आफ्नो हारको कारण भएको उनले बताए ।
ठूलाठूला आन्दोलन नेपाली काँग्रेसको नेत्वमा भएको भन्दै २०६४ सालमा माओवादीलाई जनताले हात्तिजत्रो पार्टी बनाएर पठाए पनि उसले माउते दाइको भूमिका निर्वाह गर्न नसक्दा पहिलो संविधानसभा विघटन भएको बताए । उनले भने– माओवादीले माउने दाइको भूमिका निर्वाह गर्न नसकेपछि २०७० सालको चुनावमा नेपाली काँग्रेसलाई जनताले ठूला पार्टी बनायो, अहिलेको वामगठबन्धन पनि त्यस्तै हो ।
उनले भने– हारजित एउटामा छ त्यसलाई हामी सबैले स्वीकार गरेका छौं तर सत्य मान्छेको जित त्यतिबेला हुन्छ जतिबेला बाकसभित्रको मत थरिथरीले पट्टिएको हुन्छ ।
थरीथरीले पट्टिएको मत स्वतन्त्र मत हो । यस पटक पनि धेरै मतहरु एकै तरिकाले पट्टिएको भेटियो । नेपाली काँग्रेस हारभित्र जित खोज्न सक्ने पार्टी भएको पनि उनले बताए ।
लबश्री न्यौपाने
नेपाली काँग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुको पराजयलाई सहज रुपमा स्वीकार गरेको बताए । प्राविधिक रुपमा चुनाव हारे पनि काँग्रेको एजेण्डाले जितेको उनले बताए ।
उनले भने–‘सदन अवरुद्ध गर्ने, सदनमा मान्छे कुट्ने काम नेपाली काँग्रेसले गरेका छैन र त्यस्तो गर्दैन पनि । निर्वाचन सम्पन्न भएपछि पनि वामगठबन्धनले काँग्रेसका नेता कार्यकर्तालाई धम्क्याउने, थर्काउने काम गरेको भन्दै यसले मुलुकमा फेरि अशान्ति निम्त्याउन सक्ने भएकाले त्यो नगर्न सम्बन्धित पक्षलाई आग्रह र नेपाल सरकार ध्यानकर्ष गराउन चाहन्छ उनले भने । पाँच वर्षपछि नेपाली काँग्रेसको दिन फर्किने भन्दै कार्यकर्तालाई पाँच वर्षसम्म धैर्यधरण गर्न पनि उनले आग्रह गरेका छन् ।
लेख बहादुर
नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले काँग्रेसका उम्मेदवारहरुको लोकप्रियताको कारण रामेछापमा भोट बढेको बताए । पार्टीलाई हराउन पार्टीभित्रै केही नेता कार्यकर्ताले भूमिका खेलेको भन्दै वामगठबनधनसँग समन्वय गरेर पार्टीलाई हराउनेहरुलाई निर्दयी भएर कारबाही गर्ने पनि बताए ।
काँग्रेस अब पूरानो शैलीमा नभई नयाँ ढंगबाट चल्ने कार्कीको भनाई छ । कारबाहीको लागि अन्तरघात गर्नेहरुको नाम पार्टीको जिल्ला कार्यसमितिमा पेश गर्न उम्मेदवारहरुलाई आग्रह गरे । नेपाली काँग्रेसले धेरै गल्ती गरेको उनले बताए ।
उनले भने– नेकपा एमालेले बृद्धभत्तामा राजनीति गरिरहेको छ, काँग्रेसको सरकार हुँदा बृद्धभत्ता बढाउन किन सक्दैन ? आइजीपी र न्यायधिशलाई काँग्रेसले नै किन चलाउनु परेको ?
निर्वाचन पछि काँग्रेस कार्यकर्तामाथि हातपात भएको भन्दै यसले काँग्रेसलाई संवेदनशील बनाएको बताए । नेपाली काँग्रेस जाग्नु प¥यो भने वामगठबन्धन राजा र पञ्चायतजस्तो अवस्थामा पुग्नुपर्ने छ कार्कीले भने ।ख१० वर्षमा मारेर नसकिएको काँग्रेस हारेर सकिदैन उनलेको तर्क छ ।
विनोद कार्की
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति विनोद कार्कीले काँग्रेसको नेतृत्वमा निर्वाचना सम्पन्न गरेर काँग्रेसले इतिहासमा फेरि एउटा इटा थप्ने काम गरेको बताए । काँग्रेसले चुनाव हारे पनि लोकतन्त्र र देशले चुना जित्नुपर्छ भनेर चुनावमा होमिएको उनको भनाई छ ।
रामेछाप जिल्लामा निर्वाचन अघिको ५६ हजार मत छ भन्ने वामपन्थीको घमण्ड यो निर्वाचन तोडिदिएको उनले बताए । उनले भने–वामगठबन्धनले २९ हजार मतले अघि छौं भनेर घमण्ड गरेका थिए त्यो घमण्ड तोडिएको छ । अबको मतान्तर भनेको ६ हजार मात्रै हो कार्कीले भने ।

Share this

प्रतिकृया

Add