पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा संक्रमणको जोखिम

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप÷ रामेछाप जिल्लाको राकाथुम गाविसमा पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा बच्चा जन्माउन आउँने आमाहरुमा संक्रमणको जोखिम रहेको छ । राकाथुम स्वास्थ्य चौक सञ्चालन हुँदै आएको गाविसको भवन भूकम्पले भत्काएपछि टेन्टबाट स्वास्थ्य सेवा दिंदै आएको छ ।
भूकक्पपछि स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु भए पनि अझै सम्पन्न हुन सकेको छैन । टेन्टमुनी स्वास्थ्य सेवा सञ्चालन गर्दा असुरक्षा र जोखिम त छदैछ, त्यसमा पनि प्रसूति कक्षको राम्रो सरसफाई नहुँदा संक्रमणको जोखिम अझ बढि छ ।
प्रसूति गराउँने ठाउँ सफा र संक्रमण प्रतिरोधी हुनुपर्ने भए पनि राकाथुममा सञ्चालन गरिएको प्रसूति कक्षमा प्रष्टै रुपमा माकुराले जालो लगाएको देख्न सकिन्छ ।
राकाथुक प्रसूति केन्द्रका स्वास्थ्यकर्मीले यो भिडीयो खिच्नु भन्दा तीन दिन अघिमात्र सोही ठाउँ एक महिलाले बच्चा जनाएको बताए ।
जिल्ला अस्पताल रामेछापका डा. सुवास पाठक भने यो अवस्था स्वास्थ्य चौकीको बाध्यता भएको बताउँछन । स्वास्थ्य चौकीको भवनको अभावमा टेन्टमुनी स्वास्थ्य सेवा सञ्चालन गरिएको डा. पाठकले बताए ।
टेन्टमुनी प्रसूति सेवा सञ्चालन गर्नु असुरक्षित भए पनि आपूmहरुको बाध्यता रहेको डा. पाठकले बताए ।

प्रतिकृया

Add