रामेछापका निर्वाचित उम्मेदवारहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा

 बिहिबार, मंसिर २८, २०७४ | onlinenews
Share this

राजिव कार्की


प्रतिनिधि र प्रदेशसभाका सबै सिटमा जित हाँसिल गरेपछि रामेछापको वामगठबन्धनका विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद दिन गाँउगाँउमा पुगेका छन् । निर्वाचनअघि चुनावि प्रचारका लागि गाउँमा पुगेका वामगठबन्धनका नेता, कार्यकर्ता तथा विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद ज्ञापन गर्न  पुनः जिल्लाको गाउँगाउँमा पुगेका हुन् ।जिल्लाका मतदाताहरुले आपूmहरुलाई विश्वास गरि मत दिएर विजयी गराएकोले, सबैभन्दा पहिलो प्राथमिकतामा मतदाता नै रहेको बताउँदै उनीहरू गाउँ पुगेका हुन् ।

जनताको मत सर्वोपरि भएकाले मतदातालाई भेटन, समस्या र समाधानका लागि छलफल गर्न मतदाताहरुकै घरमा पुगेको वामगठबन्धनको तर्फबाट रामेछापको प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्यामकुमार श्रेष्ठले बताए ।
अन्तिम मतपरिणाम सार्वजनिक भएको भोलिपल्टैबाट वामगठबन्धनका निर्वाचित उम्मेदवारहरु कार्यतालिका बनाएर मतदातालाई भेट्न गाउँ पसेका हुन् । गाउँबाट फर्कदा विकास र समृद्धिका कामको भारी बोकेर फर्किने निर्वाचित उम्मेदवारको भनाई छ ।रामेछापको विकासमा निरन्तर लागिरहने भन्दै उनीहरुले आपूmहरु रामेछापको विकास र समृद्धिको लागि सदैब जनाताकै साथमा रहने प्रतिवद्धता पनि जनाएका छन् ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापबाट वामगठबन्धनका उम्मेदवारहरु भारि मतान्तरले विजयी भएका थिए ।जिल्लाको प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं राज्यमन्त्री श्यामकुमार श्रेष्ठ, प्रदेशसभा ‘क’ मा एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र प्रदेशसभा ‘ख’ मा एमाले नेता कैलाशप्रसाद ढुङ्गेल निर्वाचित भएका छन् । उनीहरुको मुख्य प्रतिस्पर्धीको रुपमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका उम्मेदवारहरु रहेका थिए ।

Share this

प्रतिकृया

Add